युक्रेनले रुससँग चौथो चरणको वार्ता चाँडै सुरु हुने जनाएको छ । युक्रेन र रुसबीच चौथो चरणको वार्ता हुन लागेको युक्रेनका प्रमुख वार्ताकारले बताए ।
वार्ताकारका अनुसार परोक्ष रुपमा वार्ता नभई भौतिक रुपमा उपस्थिति भै वार्ता हुने छ । अर्थात् जुम जस्तै नगरी वार्ताकारहरुको उपस्थितिमा वार्ता अघि बढ्ने छ भने युक्रेनी वार्ता टोली कीभमा छ भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।
युक्रेनी वार्ताकार, मिखाइलो पोडोलियाकले सामाजिक संजाल ट्वीटरमा एउटा छोटो अङ्कियदृश्य (भिडियो)प्रकाशित गर्दै यसो भने:
वार्ताहरू । चौथो चरण । शान्ति, युद्धविराम, सेनाको तत्काल फिर्ता र सुरक्षा प्रत्याभूति कडा छलफल।”
पोडोलियाकले थपे: “यद्यपि रुसले आफ्नो आक्रामक कार्यहरूको निरर्थकता बुझेको छ, तर अझै पनि यो भ्रम छ कि युक्रेनका शान्तिपूर्ण शहरहरू विरुद्ध १९ दिनको हिंसा सही रणनीति हो।”
प्रतिक्रिया