नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘ HYPERLINK “https://bit.ly/KhaltiDownload-PR”खल्ती HYPERLINK “https://bit.ly/KhaltiDownload-PR”’ ले सानिमा बैंक लिमिटेड सँग सम्झौता गरेको छ, जस अन्तर्गत सानिमा बैंकका ग्राहकहरुलाई सानिमा सजिलो ई-बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई-बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ।
यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा सजिलो ई- बैंकिङ्ग एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।
उक्त सम्झौता को बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन्:
“हाम्रा ग्राहकहरूलाई सजिलो फण्ड मोबिलिटीमा जोड्न यो हाम्रो लागि अवसर हो। यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुऱ्याउनेछ भन्ने आशा लिएका छौं ।”
‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,०००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।
‘खल्ती’ एप khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ।
थप जानकारीको लागि आकृती शर्मा लाई [email protected] मा ईमेल गरि बुझ्न सकिन्छ।
प्रतिक्रिया