युक्रेनी रक्षा मन्त्रालयले कीभ क्षेत्र खाली गर्न खोज्दा सात सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युक्रेनको किभ क्षेत्रबाट भाग्न खोज्दा महिला र एक बालकसहित सात सर्वसाधारणको मृत्यु भएको युक्रेनी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ ।
“रुसीहरुले कीभ क्षेत्रका महिला र बालबालिकाको स्तम्भमा गोली हानेका छन्, जो पहिले नै सहमति भएको ‘ग्रीन’ कोरीडोर अर्थात् अनुमति दिइएको निकाश मार्गमा बाहिर निकाल्न खोजिरहेका थिए। यो क्रूर कार्यको परिणाम -सात जनाको मृत्यु । र ,तीमध्ये एक जना बालक छन्, ” युक्रेनी रक्षा मन्त्रालयले जनायो ।
यद्यपि युक्रेनको रक्षा गुप्तचर बिभागले अध्यावधिक गरि नागरिकहरू अनुमति नभएको निकाशी मार्ग “ग्रिन करिडोर” मा सहमति नभएको बाटोमा भागिरहेका थिए भनेको छ ।
युक्रेनको गुप्तचर संस्थाका अनुसार शुक्रबार महिला र बालबालिकाको समूह कीभको पेरेमोगा गाउँ नजिकै खाली गर्न प्रयास गरिरहेका थिए जब उनीहरूलाई रुसीहरूले गोली हानेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।
रुसले यस घटनामा तुरुन्तै टिप्पणी गरेन । युक्रेनमा आक्रमण गरेपछि नागरिकहरूलाई निशाना बनाएको कुरालाई रुसले अस्वीकार गरेको छ।
प्रतिक्रिया