जेलेन्स्कीले युक्रेनले रुसी सेनालाई दशकयताकै सबैभन्दा ठूलो प्रहार गरेको दाबी गरेका छन् । शनिबार सामाजिक संजाल अनुहार किताव (फेसबुक )मार्फत जेलेन्स्कीले ३१ रूसी रणनीतिक बाहिनी समूहले क्षमता गुमाएको छ । र ,३६० भन्दा बढी रूसी ट्याङ्कहरू(युद्ध बख्तरबन्द गाडी) हराएको दाबि गरे ।
जेलेन्स्कीले अगाडी भने रूसी सेनाका समूहहरूले युक्रेनी सेनाहरूसमक्ष आत्मसमर्पण गरिरहेका छन् । तर रुसले युक्रेनी सेनालाई “ज्यादा ” बनाउन लडाकुहरू, आरक्षित भर्तीहरू र भाडामा काम गर्नेहरूलाई भर्ती गरिरहेको ,उनले बताए ।
उनीहरूले हामीलाई तोड्न, युक्रेनको विजयमा हाम्रो विश्वास तोड्न आतंक प्रयोग गरिरहेका छन्, म विश्वस्त छु कि तिनीहरू सफल हुनेछैनन्, ”जेलेन्स्कीले थपे। मारिउपोल शहरलाई सम्बोधन गर्दै, जेलेन्स्कीले भने कि युक्रेनी सेनाले शहर बाहिर निकासी मार्ग (कोरिडोर)र नागरिकहरूलाई सहजीकरण गर्न युद्धविरामको प्रत्याभूति गर्ने र शहरमा आपूर्ति गर्न अनुमति दिनेछ ।
गत बुधबार मारिउपोलको प्रसूति तथा बाल अस्पतालमा रुसी हवाई आक्रमणमा बालबालिका, महिला र चिकित्सकहरू सहित १७ जना घाइते भएपछि जेलेन्स्कीको टिप्पणी आएको छ भनि मारिउपोल शहरका अधिकारीहरूले बताएका छन्।
जहाँ तीन जनाको मृत्यु भएको र ती मध्ये एक बच्चा थिए भनि नगर परिषदले बताए।
एउटी गर्भवती महिला, मारियाना भिसेगिरस्काया, जसको यस हप्ता मारिउपोल प्रसूति अस्पतालबाट उद्धार गरिएको एक तस्बिर व्यापक भएको थियो । उक्त महिलाले छोरीलाई जन्म दिएकी छिन ।
प्रतिक्रिया