युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी सेनाले शुक्रबार अपहरण गरेका नगर प्रमुखलाई रिहा गर्न माग गरेका छन् । उनले आफ्नो आफ्नो आधिकारिक सामाजिक संजाल मार्फत उक्त माग राखेका हुन् ।
“आज मेलिटोपोलमा, आक्रमणकारीहरूले शहरका नगर प्रमुखइभान फेडोरोभलाई कब्जा गरे । नगर प्रमुख जसले साहसपूर्वक युक्रेन र आफ्नो समुदायका मानिसहरूको रक्षा गर्छन्,” जेलेन्स्कीले भने। “स्पष्ट रूपमा, यो आक्रमणकारीहरूको कमजोरीको संकेत हो।”
उनले कथित अपहरणलाई “लोकतन्त्र विरुद्धको अपराध” भने र रुसको कार्यलाई “आईएसआईएस आतंककारीहरूको कार्यसँग बराबरी गरिने” बताए।
“युक्रेनले मेलिटोपोलका नगर प्रमुखलाई तुरुन्तै रिहा गर्न र देशभरका सबै समुदायका प्रमुखहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूतिको माग गर्दछ,” उनले भने,
उनले थप्दै अगाडी भने “मस्कोसँग सञ्चार गर्ने अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँगको वार्तामा यो कुरा उठाउने योजना बनाएको छ।”
दक्षिणी युक्रेनी शहर मेलिटोपोल आक्रमणको पहिलो दिनदेखि नै रुसी कब्जामा रहेको छ, यद्यपि फेडोरोभले यो युक्रेनको हिस्सा रहेको जिद्दी गरेका थिए भनि एबिसन्युजले समाचार लेखेको छ ।
जेलेन्स्की सल्लाहकार किरिल टिमोशेन्कोले शुक्रबार एउटा श्रब्य दृश्य (भिडियो)प्रकाशन गरे जसमा कथित रूपमा फेडोरोभलाई सशस्त्र रूसी सैनिकहरूको ठूलो समूहले भवनबाट बाहिर निकालेको देखाइएको छ।
प्रतिक्रिया