फ्रान्सेली सेनाका प्रवक्ताका अनुसार रूसी सेनाले युक्रेनमा कठिनाइहरूको सामना गरिरहेको बताएका छन् ।
रुसी सेना युक्रेनमा आक्रमणको लागि तयार थिएन र अहिले जमीनमा धेरै कठिनाइहरूको सामना गरिरहेको छ, “विशेष गरी सैन्य-संचालन (लजिस्टिक) क्षेत्र र गुप्तचरको क्षेत्रमा,” फ्रान्सेली सशस्त्र बलका प्रवक्ता पास्कल इयानीले शुक्रबार फ्रान्सेली दूरदर्शन(टेलीभिजन)लाई भने।
“यो सम्भव छ कि अबको केही दिनमा कीभमा आक्रमण हुनेछ, तर वास्तवमा कीभको नियन्त्रणमा लिनु अर्को कुरा हो र धेरै लामो समय लाग्नेछ,” उनले रूसी सेनाको “आरक्षित समस्या” लाई औंल्याए। ”
रूसी सेना वसन्त मौशमको अगाडी छन् , “उनले थपे, बरफ पग्लिने जमिनले सेनाको लागि गतिशीलता समस्याहरू निम्त्याउँछ।
४० -माइल लामो रूसी ट्यांक (युद्ध बख्तरबन्द )पहिले दिनको लागि राजधानीमा अगाडि बढिरहेका थिए । तर बिहीबार जारी गरिएको नयाँ भूउपग्रहको तस्बिरहरु अनुसार ठूलो मात्रामा चौतर्फी फैलिएको छ र पुन: तैनात गरिएको छ ।
प्रतिक्रिया