रुसले आक्रमण गरे पछि हाल सम्म युक्रेनबाट ज्यान बचाउन भाग्ने मानिसहरुको संख्या २.१५ अर्थात् २० लाख भन्दा नाघेको छ ।
संयुक्त राष्ट्र शरणार्थी सँस्थाको पछिल्लो तथ्याङ्क अनुसार फेब्रुअरी २४ मा रूसी सेनाले आक्रमण गरेपछि २.५ मिलियन भन्दा बढी शरणार्थीहरू युक्रेनबाट भाग्न बाध्य भएको उल्लेख गरेको छ।
शरणार्थीका लागि संयुक्त राष्ट्र उच्चायुक्त ( युएनएचसिआर)का अनुसार उक्त संख्या युक्रेनको जनसंख्याको लगभग ५ % हो ।
जुन विश्व बैंकले २०२० को अन्त्यमा ४४ मिलियन(४ करोड ४० लाख )गणना गरेको थियो ।
केवल मात्र दुई हप्तामा २. १५मिलियन शरणार्थीहरुले सीमाना पार गरेका छन् । युएनएचसिआरको तथ्याँक अनुसार आधाभन्दा बढी शरणार्थी छिमेकी राष्ट्र पोल्याण्डमा भएको जनएको छ ।
प्रतिक्रिया