मओयु गरे पछि मात्रै केन्द्रमा पैसा पठाइने छ: अध्यक्ष गाहा मगर

इनेप्लिज २०७८ फागुन २१ गते २२:३१ मा प्रकाशित

 

लन्डन -गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले अन्तर्राष्ट्रिय समन्वयपरिषद (आइसीसी) संग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरे पछि मात्रै सदस्यता शुल्क केन्द्रमा पठाउने बताएका छन्।

जीएनएन नेटवर्कद्वारा शनिबार आयोजित ‘फेसबुक लाइभ’ मा बोल्दै गाहा मगरले एनआरएनए युके बेलायतकोकानून अनुसार च्यारिटीको रुपमा दर्ता गरिएको बताए।”उहाँहरुले तर्साएर पैसा माग्ने काम गर्नु भएको छ।तर प्रक्रिया न पुराएर कुनै पनि लेभी रिलिज हुंदैन,” उनले भने।

अध्यक्ष गाहा मगरले अध्यक्ष कुमार पन्तले आफुलाई लेखेको व्यक्तिगत इमेल ११,६६३ जना पन्जिक्रीत सदस्यलाई पठाएर आफ्नो अपमान गरेको बताए।“मेरो सोलिसिटरले ३ पेज लामो पत्र ड्राफ्ट गरेका छन्,मैलेआइसीओ (Information Commissioner’s Office) मा रिपोर्ट गर्दै छु।कामचलाउ अध्यक्ष पन्त र महासचिव हेम राज शर्मा विरुद्ध हामीले मुद्दा दायर गर्ने छौं,” उनले भने।

उनले म्याद सिद्धेको कार्य समितिलाई यस्तो व्यवहार नगर्न चेतावनी पनि दिए।

अन्तरक्रियामा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, एनसीसी क्यानाडाका अध्यक्ष दिपक गौतम तथा एनसीसी जापानका अध्यक्ष राजन प्रधानांगले आफुहरुले प्रक्रिया पुरा गरेर मात्रै पैसा पठाउने र केन्द्रियसचिवालयको धम्कीबाट न तर्सने बताएका थिए।

हेर्नोस् कार्यक्रमको भिडियो यो लिंकमा:

 

प्रतिक्रिया