युक्रेनका राष्ट्रपतिले रुसले आणविक कारखानामा गरेको आक्रमणलाई “अभूतपूर्व स्तरको आतंक” को संज्ञा

इनेप्लिज २०७८ फागुन २० गते ११:५१ मा प्रकाशित

 

युक्रेनका राष्ट्रपतिले रुसले आणविक कारखानामा गरेको आक्रमणलाई “अभूतपूर्व स्तरको आतंक” भनि संज्ञा दिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्रेमलिनको ठूलो आणविक उर्जा कारखाना (प्लान्ट) कब्जा गर्ने प्रयास “अभूतपूर्व स्तरमा आतंक” रहेको बताए ।

उनले फेरि नेटोलाई आफ्नो देशमा हवाई निषेधित क्षेत्र (नो-फ्लाई जोन) लागू गर्न आग्रह गरेका छन् ।

रुसी सेनाले युक्रेनको जेपोर्जिया आणविक उर्जा कारखाना प्लान्ट “कब्जा” गरेको छ। युक्रेनी आणविक अधिकारीहरूका अनुसार यसअघि, उक्त कारखाना मा आगलागी भएको थियो भने आगलागीका कारण दुर्घटना हुने आशंका बढेको थियो ।

“रूसी बख्तरबन्दहरूलाई थाहा थियो कि तिनीहरूले उक्त कारखानामा प्रत्यक्ष आगो लगाएर गोली चलाएका थिए,” जेलेन्स्कीले आरोप लगाए।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा सँस्था(आईएईए ) ले पहिले सुविधा वरिपरि लडाई रोक्न आह्वान गरेको थियो तर युक्रेनी अधिकारीहरूले पृष्ठभूमि विकिरण स्तर सामान्य रहेको र आगोले “आवश्यक” उपकरणहरूलाई असर नगरेको बताएको छ।

जेलेन्स्कीले युक्रेनमा नेटोलाई हवाई निषेधित क्षेत्र घोषित गर्न पुन :आफ्नो अपील पनि दोहोर्याए, “युक्रेनमाथिको आकाश तुरुन्तै बन्द गर्न आवश्यक छ।”

अमेरिकाले यस अघि हवाई निषेधित क्षेत्र घोषित (नो-फ्लाई जोन )बनाउन सेना प्रयोग गर्न अस्वीकार गरेको छ।

यस्तो कदमले अमेरिकी सेना र रुस सेनाबीच प्रत्यक्ष रुपमा लडाई हुने सम्भावना भएकोले युक्रेन भित्र पनि अमेरिकी सेनाहरु नपठाउने राष्ट्रपति जो बाइडेनले पहिले नै बताई सकेका छन् । यसो गरेमा तेश्रो बिश्व युद्ध हुने बाइडेनले केही दिन अगाडी पत्रकारहरुलाई बताएका थिए ।

 

प्रतिक्रिया