युक्रेनको आणविक उर्जा संयन्त्रमा आक्रमण भने पछि बाइडेन जेलेन्स्की बीच कुराकानी

इनेप्लिज २०७८ फागुन २० गते २:५६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले भर्खरै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कुरा गरेका छन् । ह्वाइट हाउसले युक्रेनको जेपोर्जिया आणविक उर्जा संयन्त्रमा आगो लागेको खबर पाए पछि बाइडेनले कुरा गरेका हुन् ।

यसै गरि व्हाइट हाउसले आगोको निगरानी गरि रहेको बताएको छ । आगो सुरु हुनु अघि, युक्रेनले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)लाई रूसी सेनाहरू आणविक कारखानामा जाँदैछन् भनि खबर गरेको थियो ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल मारियानो ग्रोसीले युक्रेनका प्रधानमन्त्री र देशको आणविक नियामकसँग जेपोर्जिया आणविक कारखानामा भएको आगलागीको बारेमा कुरा गरेको आईएईएले शुक्रबार बिहान ट्विटरमा उल्लेख गरेको छ ।

ग्रोसीले “बलको प्रयोग रोक्नको लागि अपील गर्दै र यदि परमाणु भट्टी (रिएक्टर)हरूमा प्रहार भयो भने गम्भीर खतरा हुने चेतावनी,” ट्वीटमा दिएका छन् ।

ग्रोसीले त्यहाँ सञ्चालित सैन्य बलहरूलाई आणविक उर्जा केन्द्र नजिकको हिंसाबाट टाढा रहन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाले आणविक संयन्त्रमा आगलागीका लागि युक्रेनी अधिकारीहरूसँग सम्पर्क राखेको छ ।

प्रतिक्रिया