रुस र युक्रेनबीचको दोस्रो चरणको वार्ता युद्धविराम बिना नै टुङ्गियो

इनेप्लिज २०७८ फागुन २० गते ०:३८ मा प्रकाशित

रुस र युक्रेनबीचको दोस्रो चरणको वार्ता युद्धविराम बिना नै टुङ्गिएको छ । रुस र युक्रेनबीच बिहीबार शान्ति वार्ताको टुङ्गो लाग्न सकेन किनभने दुबै पक्षले युद्धविराम सम्झौता बिना धेरै घण्टाको वार्ता छोडे र युद्ध जारी राखे भनि एबिसीन्यूज मा समाचार छ  ।

रुसी र युक्रेनी प्रतिनिधिमण्डल चार दिनमा दोस्रो चरणको वार्ताका लागि बेलारुसको ब्रेस्ट क्षेत्रमा भेला भएका थिए।

“दोस्रो चरणको वार्ता सकिएको छ। दुर्भाग्यवश, युक्रेनले चाहेको नतिजा अझै प्राप्त भएको छैन,” युक्रेनका राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले बैठकपछि सामाजिक संजाल ट्वीट मार्फत जानकारी दिए ।

रुसका विदेशमन्त्रीले रुसले युक्रेनसँगको कुनै पनि शान्ति सम्झौतामा युक्रेनले “असैनिकीकरण” गर्ने वाचा समावेश गर्नुपर्छ भन्ने कुरामा जोड दिन जारी राख्नेछ भने ।

रुस ले युक्रेनलाई “तटस्थ स्थिति” अपनाउन र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा संलग्न हुने आफ्नो महत्वाकांक्षा त्याग्न सहमत हुने बारे छलफल गर्न चाहन्छ भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

तस्बिर : रोयटर्स

प्रतिक्रिया