वाशिंगटन डिसी स्थित युक्रेनको दूतावास नजिकैबाट बन्दुक भेटिएपछि २ जना पक्राउ

इनेप्लिज २०७८ फागुन १९ गते २३:११ मा प्रकाशित

उत्तरपश्चिम डिसीमा युक्रेनको दूतावास नजिकै बिहीबार बिहान अधिकारीहरूले सवारी साधन (कार)मा बन्दुक फेला पारेपछि दुई जनालाई पक्राउ गरिएको छ ।

अमेरिकी गुप्तचसेवाका अधिकारीहरूले गाडी (कार)को नजिक दुई व्यक्तिलाई “शङ्कास्पद व्यवहार” गरेको देखेपछि उनीहरुलाई प्रकाउ गरिएको डब्लुटिओपीले समाचार लेखेको छ ।

वाशिंगटन डिसीको उत्तरपश्चिम क्षेत्रमा विस्कन्सिन एभिन्यू र एम स्ट्रिट नामक मार्गमा उनीहरुलाई हिरासतमा लिइएको गुप्तचर सेवाले जनाएको छ ।

उनीहरुले प्रतिबन्धित हतियार, खतरनाक हतियार, अवैध हतियार ओसारपसार, दर्ता नगरी खरखजाना, दर्ता नगरी हतियार र अनुमति पत्र (लाइसेन्स )विना हतियार बोकेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ भने एक जनालाई प्रतिबन्धित हतियार राखेको अभियोगमा पक्राउ गरेको छ ।

प्रतिक्रिया