खार्किभका अधिकारीहरूले रुसी आक्रमणमा ३४ जना सर्वसाधारणको मृत्यु भएको बताएका छन् । युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रुसी आक्रमणमा परी बिहीबार बिहानदेखि २४ घण्टाको अवधिमा ३४ जना सर्वसाधारणको मृत्यु हुनुका साथै थप २८५ जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ ।
युक्रेनको राज्य आपतकालीन सेवा (एसईएस) ले एक विज्ञप्तिमा भन्यो, “शत्रुले आफ्ना घातक बमहरू, गोलाहरू र क्षेप्यास्त्रबाट चल्ने बारुदहरूद्वारा आवासीय छिमेक र सम्पूर्ण बस्तीहरूमा प्रहार गर्न जारी राख्यो।”
घर र प्रशासनिक भवनमा गोलाबारुद पसेका कारण दर्जनौं आगलागी भएको बताइएको छ । साथै “मध्यरातमा इज्युमको शान्तिपूर्ण शहरमा ठूलो हवाई आक्रमण भएको थियो,” जुन दुई घण्टासम्म चल्यो र पाँच तले आवासीय भवनमा क्षति पुगेको थियो ,एसईएसको विज्ञप्तिमा भनिएको छ ।
“यसबाहेक, ठूलो हवाई आक्रमणले साल्टिभका आवासीय क्षेत्रमा असर गर्यो। आवासीय अग्लो भवनहरूमा, संरचनाहरूलाई क्षति पुगेको थियो,” भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया