युक्रेनको आणविक कारखानाका कामदारहरूले रुसी सेना पुग्ने बाटो अबरुद्ध पारेका छन ।
सयौं कामदारहरू र स्थानीय मानिसहरूले दक्षिणपूर्वी शहर एनरहोदार नजिकैको युक्रेनी आणविक उर्जा कारखाना (प्लान्ट)मा पुग्ने बाटो अवरुद्ध गरेका छन। रुसी सेनाहरू यस क्षेत्रमा अगाडि बढिरहेका हुनाले उनीहरुले त्यसमा प्रवेश गर्न नदिन बाटो अबरुद्ध गरेका हुन् ।
स्थानीय अधिकारीको सामाजिक संजाल अनुहार किताव पन्ना (फेसबुक पेज)मा प्रकाशन गरिएका श्रब्य दृश्य (भिडियो)हरूले बुधबार बिहान युक्रेनी झण्डा बोकेको ठूलो भीडले सडक अवरुद्ध गरेको देखाएको छ।
सडक अवरुद्ध गर्न फोहोर बोक्ने माल बाहक सवारी साधन (ट्रक)हरू पनि प्रयोग गरिएको थियो । एनरहोदरका नगर प्रमुखले डिमिट्रो ओर्लोभले भने: हामीले हाम्रो शहर र यसका बासिन्दाहरूलाई जापोरिज्हिया आणविक ऊर्जा कारखाना भरपर्दो सुरक्षामा छ, यसका कामदारहरू र एनरहोडारका बासिन्दाहरू युक्रेनी झण्डामुनि छन् भनी लेखेका छन् ।
“सबै नगरपालिका सेवाहरू आपतकालीन अवस्थामा काम गरिरहेका छन्। कसैले पनि शहर आत्म समर्पण गर्न जाँदैन। मानिसहरू दृढ छन्, “ओर्लोभले थपे।
प्रतिक्रिया