कास्कीको लुम्लेमा साढे २ वर्षको बालक मृत फेला ,हत्याको आशंका -भिडियो सहित

इनेप्लिज २०७८ फागुन १८ गते १०:५९ मा प्रकाशित

फाल्गुन १४ गते अन्दाजी बिहान १० बजेको समयमा साढे २ वर्षका संदेश बिक घरबाट हराएका थिए ।बाबु कता गयो भनेर परिवारले दिनभरी खोजि कार्य गरेका थिए । त्यस्तै घर परिवार र आफन्तले खोज्दा नभेटेपछि पोखराको बगरमा रहेको प्रहरीको टोलीले पनि खोजि कार्य अगाडी बढाएको थियो ।

दिनभरी खोज्दा बाबु नभेटेपछि चिन्तित बनेका परिवार र आफन्तहरु बेलुका सम्म निरास बनिरहेका थिए।बाबुको बारेमा सबैको मनमा धेरै खाले जिज्ञासाहरु आईरहेका थिए।त्यस्तै १४ गते बिहान हराएका उनी भोलिपल्ट घोप्टि परेको अवस्थामा घर भन्दा अन्दाजी २० मिनेट माथीको डरलाग्दो भीरको मुनि झाडीमा मृत अवस्थामा फेला परेका हुन्।

स्थानीयको जानकारी अनुसार बालकको शव भेटेको ठाउँभन्दा केहिमाथि उसले लगाएको चप्पल र टोपी भेटिएको थियो।मृत बालकको शरीर तल फर्किएको अवस्थामा थियो भने टाउकोमा मात्र चोट देखिएको थियो।भीरको मुनी बालकको शव फेला परेपछि घटना शंकास्पद बन्दै गएको थियो।आफन्त र गाउलेहरु यो हत्याको शंका गरिरहेका थिए भने यता प्रहरीले पनि गण्डकी प्रदेशको तालिम प्राप्त कुकुर लगेर घटनास्थलमा अनुसन्धान सुरु गरेको थियो।

बालकको शव भेटिएको ठाउमा अघिल्लो दिनपनि आफन्तहरुले खोजि गरेका थिए,आफन्त भन्छन अघिल्लो दिन केहि नभएको ठाउमा कसरी बाबुको शव आयो ? त्यस्तै बाबु हराएको रात असिना पानी परेको थिई भने बाबुको शव फेला परेको दिनमा बाबुको कपडा कुनै पनि भिजेको थिएन।साढे दुई वर्षको बालक त्यो ठाउमा आफै गयो भन्ने कल्पना कसैले पनि गर्न नसक्ने भएकाले घटना रहस्यमय बन्दै गएको लुम्लेबासीको भनाई रहेको छ।

घटनास्थलमा पुगेका आफन्त भन्छन कसैले मारेर त्यहा फालिदिएको हुनुपर्छ।उनका आफन्तका अनुसार बालकको टाउकोमा चोट देखिएको थियो भने बालकको कपडा बिहानको समयमा सितले भिजेको हुनुपर्ने थियो।कपडा पनि केहि नभिजेको भएकाले कसैले बिहानै यस स्थानमा ल्याएर बालकलाई हत्या गरी लुकाएको हुनसक्ने परिवारको भनाई रहेको छ।

प्रतिक्रिया