सेनाहरुले र राजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान समयको गम्भीर मोडमा सत्ता आफ्नो हातमा कदापि लिनु हुँदैन।
कांग्रेस,माओवादी,नेकपा समाजवादी र एमाले लगायतका नेताहरूलाई एमसीसी को भारी कहाँ र कसलाई कसरी भिराउने हो भन्ने सबैलाई आपत र विपत पर्न गएको छ।सर्वोच्च अदालतमा मुद्दा हालेर नेताहरू जनताहरुको सामुन्ने राम्रो बन्न एमसीसी को भारी सर्वोच्च अदालतको न्यायाधीशहरुलाई भिराउने प्रयत्न गरेका थिए तर अदालतले अस्वीकार गरेको छ।
नेताहरू अमेरिका, चीन र जनताहरु बाट कसरी जोगिने रणनीतिमा छन।यसकारण नेताहरू आफू जोगिनका लागि अब सत्ता सेनाहरुले र राजा ज्ञानेन्द्र शाहले लिएपनि हुन्छ भन्ने अत्यन्त कठिनाइ स्थितिमा पुगिसकेको अवस्था छ।तर सेनाहरु र राजा ज्ञानेन्द्र शाह एमसीसी र नेताहरूको विवादमा पर्नु हुँदैन मौन बस्नुपर्ने हुन्छ।
नेताहरूले भन्छन के हामीले संसदबाट एमसीसी पास गर्ने नै पक्षमा थियौं तर सेना र राजा मिली एमसीसी पास विफल पारी दिए हामीले गर्ने के ? यसकारण दोष जति राजा र सेनामा जान्छ।सेना र राजा चुपचाप बस्नुपर्ने समय छ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।
प्रतिक्रिया