जीवन तपाईंको हो र ज्युने कला कला पनि तपाई मै भर पर्दछ।तर जसरी कसैलाई आफ्नै निजि गाडी भएपनि आफ्नो मर्जी अनुसार ओभर स्पिड चलाउने अधिकार छैन किनकि रोड उसको निजि हैन,सार्वजनिक हो।ठिक त्यसैगरी कुनै पनि नारीलाई आफ्नो मर्जी अनुसार ओभर छोटो र पारदर्शी बस्त्र लगाउने अधिकार छैन किनकि जीवन सार्वजनिक हो।एकान्त रोडमा स्पिड चलाउन पाइन्छ,एकान्त स्थानमा पनि अर्धनग्न हुन पाइन्छ।तर सार्वजनिक जीवनमा सामाजिक नियम मान्नैपर्छ।
भोजन जब आफ्नो पेटको लागि मात्र पकाइदैछ भने आफ्नो स्वाद र इच्छा अनुसार बनाइन्छ तर सोही भोजन सबै परिवारको लागी पकाइदैछ भने परिवारका सबै सदस्यको रुचि तथा मान्यता पनि हेर्नुपर्छ।
महिलाको अर्धनग्न तथा पारदर्शी वस्त्र सम्बन्धि मुद्दा उठाउन त्यति नै आवश्यक छ जति केटाहरुको मापसे गरेर नसामा लठ्ठिएर गाडी /मोटरसाइकल चलाउने मुद्दा उठाउन जरुरी छ। यी दुबैमा दुर्घटनाको खतरा बराबर रहन्छ।
आफ्नो निजि इच्छाको उपभोग आफ्नै घरमा ब्यक्तिगत जीवनमा नै उचित हुन्छ।घरभन्दा बाहिर सार्वजनिक जीवनमा कदम राख्ने बित्तिकै सामाजिक मर्यादा नारी वा पुरुष जो भएपनी दुबैले राख्नैपर्छ।
महिलाहरूमा घुम्टो र बुर्का जति गलत छ,त्यत्ती नै गलत पारदर्शी र छोटा वस्त्र पनि छ्न।जवान युवतीहरु पनि फेसनका नाममा बच्चाको जस्तो छोटो, छेउ कुना च्यात्तिएको, भित्री अंग देखिने पारदर्शी वस्त्र लगाएर सार्वजनिक स्थानमा घुम्नु हाम्रो नेपाली संस्कृति हुँदै हैन ।
जीवन पनि गितार वा वीणा जस्ता वाद्य यन्त्रको तार सरह हो।ज्यादा कस्नु पनि हुँदैन,ज्यादा खकुलो छोड्नु पनि हुँदैन।यी दुबै गलत हुन्छन्।
संस्कारको आवश्यक नारी पुरुष दुबैलाई छ।गाडीको दुबै पाङग्रामा संस्कारको हावा रहनुपर्छ।कुनै एउटा पन्चर भएमा जीवन डिस्टर्भ हुनेछ।
नग्नता यदि आधुनिक हुनुको पहिचान हो भने सबैभन्दा बढी आधुनिक जनावर हुन।जस्को संस्कृतिमा कपडा नै छैन।तसर्थ जनावर संग प्रतिस्पर्धा नगरौं।मानव सभ्यता र संस्कृति लाई स्वीकार गरौं।
छाडा कुकुरले जतासुकै खुल्ला ठाउँमा पिसाब गर्न सक्छ तर सभ्य मानिसलाई यो अधिकार छैन।मानिसलाई उसको सभ्यताले गोप्य र सुरक्षीत तरिकाले शौचालय नै उपयोग गर्नुपर्ने हुन्छ।यहि नै मानव र जनावर बिचको भिन्नता हो।यहि भिन्नताको कारण पशुलाई सार्वजनिक जीवनमा पनि नाङ्गै घुम्ने अधिकार छ तर सभ्य नारीलाई सार्वजनिक जीवनमा पूरा शरीर छोप्ने सभ्य बस्त्रको उपयोग गर्नैपर्ने हुन्छ।
अन्त्यमा: सम्पुर्ण महिला चेलिहरुलाई सम्मान का साथ बिनम्र अनुरोध छ कि.जुन सुकै बेलामा पनि लुगा -कपडा किन्दा सार्वजनिक जीवनमा मर्यादा पालना गर्दै किनौं र लगाऔं।नेपाली सभ्यता र संस्कृतिको परिचय दिउँ ,आफ्नो धर्म र संस्कारप्रती गर्व गरौं।आफ्नै मौलिकतामा खुसी रहौं र मौलिक भेष भुसालाई प्राथमिकता दिऊ ।।
।
प्रतिक्रिया