काठमाडौं-स्रष्टा ज्ञान्दरी कैनीको गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको छ।शुक्रबार राजधानीमा एक विशेष सामारोहबीच गीतकार डा.कृष्णहरि वरालको प्रमुख आतिथ्यता र साहित्यकार युवराज नयाँघरे, राधेश्याम लेकाली, बाबा बस्नेत, ज्ञानुवाकर पौडेल, बरिष्ठ संगीतकार राजु सिंहलगायतकाको आतिथ्यतामा गजलसंग्रह ‘मञ्जरी’ सार्वजनिक भएको हो।
एल्बम स्रष्टा कैनीको जन्मोत्सवको अवसरमा सार्वजनिक गरिएको हो । सो अवसरमा वर्थ डे केके पनि काटिएको थियो।
अल्टा ग्राफिक्सका प्रमुख सल्लाहाकार तीर्थराज भट्टको सभापतित्वमा भएको कार्यक्रममा अथितिहरूले स्रष्टा कैनीको साहत्यिक व्यक्तित्वका बारेमा उहाँको सार्वजनिक गजल एल्वम ‘मञ्जरी’का बारेमा आ-आफ्ना भनाइ राख्दै शुभकामना तथा बधाई दिनुभएको थियो । एल्बम ‘मञ्जरी’का बारेमा संगीतकार राजु सिंहले संमिक्षा गर्नुभएको थियो।
सार्वजनिक गजल एल्बममा ‘मदिराले आज’, ‘सागरको छाल जस्तै’, ‘मनमोहनी’ र ‘सिंगो रात’ जस्ता गजल समेटिएको छ । कार्यक्रममा एल्बमा रहेका दुई गीतको भिडियो पनि पदर्शन गरिएको थियो।यि भिडियो मध्ये एउटा भिडियो शुक्रबार नै सागर अधिकारी युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ।
एल्बममा रहेका गीतमा सत्यराज आचार्य,मिलन नेवार,सागर अधिकारी ‘शरद’ र निशा देसारको स्वर रहेको छ भने सागर अधिकारीको एकल संगीत र शाहस शाक्य तथा संजय श्रीपालकोे संगीत संयोजन रहेको छ।
शुक्रबार सार्वजनिक भिडियोमा शुरेन बस्यालको निर्देशने छ भने केकी अधिकारी, प्रिन्स विश्वकर्मा, महेश खड्का, रवीना केसी र शिला गजुरेलको अभिनय रहेको छ । उत्सव दाहलको छायांकन रहेको भिडियोमा विकास दाहलको सम्पादन छ।
पछिल्लो समय साहित्य लेखनमा सक्रिय ज्ञान्दरी कैनीको यो पहिलो सार्वजनिक गजल संग्रह एल्बम हो । २०४७ सालमा मधुपर्कमा पहिलो गजल प्रकाशन गर्नुभएको ज्ञान्दरी गीत,गजल,मुक्तक, लघुकथा, हाइकु लेखनमा सक्रिय हुनुहुन्छ।साझा प्रकाशनलगायत विभिन्न संघ संस्थामा आवद्ध ज्ञान्दरी अल्टा ग्राफिक्स प्रिन्टिङको सञ्चालक पनि हुनुहुन्छ।
सञ्चारकर्मी राधिका अधिकारीले सहजिकरण गरेको एल्बम सार्वजनिक समारोहमा एल्बममा सँग जोडिएका विभिन्न व्यक्तित्वलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो भने गायक तथा संगीतकार सागर अधिकारी शरदलाई विशेष सम्मान गरिएको थियो।
https://www.youtube.com/watch?v=4qojXVugRto
प्रतिक्रिया