भीटेनको युट्युब च्यानल फिर्ता

इनेप्लिज २०७८ फागुन २ गते ११:१२ मा प्रकाशित

धरान / चर्चित र्यापर भिटेनको भिटेन म्युजिक नाम रहेको युट्युब च्यानल ह्याकरबाट फिर्ता पाउन सफल भएको छ।

१.६३ मिलिनियम सब्स्क्राइबर रहेको च्यानलमा चार दिन अघि पाकिस्तानी ह्याकरबाट ह्याक गरिएको थियो।

डिजिटल प्रोमोसनका स्पेशेलिस्ट राजु दंगालले पाँच दिनको प्रयास बाट र्यापर भिटेनको युट्युब च्यानल गूगल मार्फत फिर्ता गराउन सफल भएका हुन्।आफ्नो च्यानल तथा पेजहरु ह्याकरबाट बचाउन पासवर्ड कसैको पहुँच बाहिर र विभिन्न नचिनेका मेलहरु खोल्नबाट बच्नुपर्ने दंगाल बताउंछन्।यसअघि बुढासुब्बा म्यजिक, बिपना थापा,केन्द्र मोशन लगायत थुप्रै कम्पनि तथा सेलिब्रेटीको युट्युब ह्याक भएर फिर्ता आएको छ भने धेरैले गुमाउनु पनि परेको छ।

प्रतिक्रिया