टुसास काे आयाेजनामा बालगीति लय-२ (लाेक छन्द) मा टुक्का लेखन अभ्यास सम्पन्न !

इनेप्लिज २०७८ माघ २७ गते २१:३७ मा प्रकाशित

काठमाडाैं, टुक्का साहित्य समाज काे आयाेजनामा २०७८ माघ २६ गते बुधवार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-१८” अन्तर्गत बालगीति लय-२ (लाेक छन्द) मा टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ ।

टुक्का साहित्य समाजका अध्यक्ष / प्रशिक्षक ताराप्रसाद चापागाईंकाे संयाेजकत्वमा टुक्का पाठशालामा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ५७ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे।

अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधा “टुक्का” लेखनमा विविधता ल्याउने क्रममा छन्दमा टुक्का लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सञ्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिदै आएकाे छ ।बालगीति लय-२ (लाेक छन्द)

~ यो छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ बालगीति लय १३ अक्षर हुन्छन्।
~ बालगीति लय-२ काे सुत्र:- ४+४+२+३=१३ अक्षरअभ्यासका क्रममा सङ्कलन भएका बालगीति लय-२ (लाेक छन्द) मा सिर्जना गरिएका टुक्काहरू

[१]
१.
हात अनि साथ देऊ, सँगै हिँडाैला
बाधाहरू आइलागे मिलि गिँडाैला।
२.
रिस राग घमण्ड त्याे टाढा हटाऊ
कुभावना आयाे भने डाँडा कटाऊ।
✍️ ताराप्रसाद चापागाई
धुनिबेसी ।

[२]
रह्यो हाम्रो प्रेम कथा किन अधुरो?
तिमीबिना लाग्छ दिन पनि मधुरो।
✍️ दीपक ठटाल जलन
खरसाङ।

[३]
जोगाउँदा जोगाउँदै प्रीति टुक्रियो,
घमण्डले मात्तिएर अनि डुक्रियो ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ काठमाडौं

[४]
१.
आउ नानी मेरो साथ हात समाइ
ताते गर्दै हिँडौ सँगै सँधै रमाइ।
२.
खोलाहरू तर्नु पर्छ चाल्दै पाइला
हातेमालो गर्दै तरौँ न ए साँइला।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया ।

[५]
आमाबाबा शत्रु ठान्ने अन्धाे रहेछु
धाेका खाइ बगरकाे डुङ्गा भएछु ।
✍️ निरज काेइराला

[६]
१.
सबैलाई मनपर्ने पाेष्ट देखियो,
पाेष्टभित्र टुक्का भन्ने काेष्ठ लेखियाे ।
२.
सानासाना बालकको गीत बनेर,
टुक्का बनाेस् दुनियाँकाे रित भनेर ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

[७]
१.
सानी सानी राम्री नानी ज्ञानी बनेकी,
मुस्काउदै छेउ आइ बाबा भनेकी ।
२.
कोइलीले गायो गीत  प्रीत भरेर,
केटाकेटी नाच्न थाले गैरी झरेर।
✍️ नवशिला
बेलबारी – २, लालभित्ती, मोरङ।

[८]
तिम्रो मेरो जिन्दगीको शान राखौला,
आफ्नो साथै बाबाआमा, सँगै बाँचौला।
✍️ मनोहरी पौडेल
गैडाकोट १, नवपपुर

[९]
१.
हामी साना  बाबु नानी ज्ञानी पढेर
देश पार्छाै झल मल जान्ने बनेर ।
२.
मैना चरी बर पर गाइ नाचेर
हावा पानी रोग बाट आइ बाचेर।
✍️ संझना कुसुम
पोखरा ।

[१०]
१.
सानी नानी खेल खेल्ने,आग्ना घुमेर,
साथी सँग मिलि मिलि, नाच झुमेर।
२.
कति राम्रो साथी साथी, मिली रमाई,
पढ धेरै ज्ञानी बनी,कापी समाई।
✍️ दुर्गा आचार्य
मोरङ ।

[११]
तिम्रो माया मुटुभरी सधैं राखाैला
दुख सुख बराबरी हामी बाडाैला।
✍️  प्रेम कला चापागाई
मेचीनगर १२ झापा

[१२]
तिम्रो सामु उभिएर केही भनौँला
ऋण धन भएजति त्यहीँ गनाैँला।
✍️ त्रिलाेचन भण्डारी
झापा, मेचीनगर

[१३]
१.
तिमी गयौ कहाँ किन आज बन्दमा
टुक्का लेख्ने पालो आयो साथी छन्दमा।
२.
कता जान्छौ तिमी आज रुँदै रातमा
हात मेरो तिम्रो काँध बसौँ साथमा।
✍️ प्रदीप के रिमाल
इटहरी-८, सुनसरी ।

[१४]
१.
रुनुहुन्न चुप्प लागि माम खाउन
छिटो छिटो माम खाइ सुत्न जाउन।
२.
मेरी छोरी धेरै ज्ञानी सबै मानेकी
हात गोडा पखालेर सुत्न जानेकी।
✍️ प्रकाश बुढाथोकी
असम भारत।

[१५]
१,
मेरा प्यारा नानी बाबु विद्या सिक्दैछन्,
ज्ञान ज्योति फैलाउन बुद्धि झिक्दैछन्।
२,
बुबा आमा उच्च देख्न अघि बढ्नेछन्,
दु:ख सुख खुसी हुँदै पाठ पढ्नेछन्।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड, झापा ।

[१६]
१.
फराकिलो छाती शिर उच्च पारुँला
खेति गरी अन्नपात  हामी झारुँला !
२.
रमाइलो हुने गरि हामी गाँउन
बच्चाबच्ची मिलेर नै मिठो खाँउन।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं ।

[१७]
१.
फूलबारी घुम्न जाउँ, हात समाइ,
मिठा मिठा कुरा गर्दै, सँगै रमाइ।
२.
मिठा मिठा साहित्य र लेख लेखियाे,
ठाउँ ठाउँ मा कमेन्ट, राम्रो देखियाे।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल

[१८]
गर्न हुन्न झै झगडा मिली पढौँला
राम्रो पढी भै तगडा अघि बढौँला।
✍️ लक्ष्मी प्रसाद फुयाल
मोरङ पथरी शनिश्चरे

[१९]
१.
हिजोआज बढ्दै आयो बाल शोषण
हृष्टपुष्ट बनाउन ख्वाऊ पोषण  ।
२.
शिक्षा दिऊँ सबैलाई ज्योति बालेर
भोली बस्नु पर्ने छैन डर पालेर  ।
✍️ ललिता अभागी
सुनकोशी -५ सिन्धुली।

[२०]
१.
साना साना नानीहरु पिङ खेलेका
सबैजना मिलीमिली दु:ख झेलेका।
२.
आकाशका जुन तारा तिमी रहनु
रमाएर  बस्नु तर  दुःख सहनु।
✍️ अम्विका अधिकारी
विर्तामोड, झापा ।

[२१]
१.
हाम्रा साना नानी पढी ज्ञानी हुनेछन्
जित आफ्नो नहुँदा त धेरै रुनेछ्न ।
२.
आफ्नै खेल्ने आफैँ लेख्ने छ तरिका
खोजी खोजी बनाउछन परी परीका ।
✍️ तारा घिमिरे
संखुवासभा ।

[२२]
१.
हातमा हात मिलाएर अघि बढाैँला
साथीसँगै मिलीजुली धेरै पढाैँला ।
२.
मिठा मिठा कुरा गर्दै बसौं रमाई
खोला पारी तर्नु पर्छ हात समाई ।
✍️ दुर्गा भट्टराई
मोरङ।

[२३]

हाम्रा साना नानीहरू ज्ञान लिनेछन्
सिकाएको राम्रोसँग ध्यान दिनेछन् ।

रमाइलो लाग्ने गर्छ, स्कुल गएर,
सबैसँग मिलीजुली ,पढ्ने भएर ।
✍️ भगवती दवाडी
झापा ।

[२४]
१.
सानासाना बाबु नानी आए पढेर
एक दुइ तीन चार औंला गनेर ।
२.
आउ साथी स्कुल जाउँ झोला बोकेर
गाह्रो भयो बिमारी छु जान्न खोकेर ।
✍️ बेदु न्यौपाने
काठमाडौ ।

[२५]
१.
मोबाइल चलाएर दिन बितायौ
मनभित्र लुकाएर के के चितायौ ।
२.
पढ, लेख, खेल, गाऊ मन दिएर
दिनु पनि पर्छ भोली आज लिएर ।
✍️ रचना शर्मा प्रतीक्षा,
महालक्ष्मी नपा ४, ललितपुर ।

[२६]
काँध काँध मिलाएर अघि बढाैंला
चलाएर कलम याे लक्ष्य चढाैंला ।
✍️ केसर बाेहरा (सङ्घर्ष )
सुदुरपश्चिम अछाम ।

[२७]
१.
साना साना नानीहरू, स्कुल हिडेको ,
कति राम्रा देखिएर, झोला भिरेको ।
२.
तिमीसँगै मिलिजुली दु:ख गरौला
जसोतसो आत्मसात ब्याज भरौला।
✍️ कविताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ

[२८]
१.
साना साना नानीबाबु  स्कुल गएर,
सम्मानित हुनुपर्छ ज्ञानी भएर।
२.
धेरै धेरै लेखे पढे धेरै जानिन्छ,
देशलाई विकासमा यसै तानिन्छ।
✍️ अच्युत घिमिरे
भुटान ।

[२९]
१.
छोराछोरी यता आऊ, कापी समाऊ
केही पढी ग्यानी बनी पृथ्वी थमाऊ।
२.
नुनु गर मेरो नानी आँखा थुनेर
निद्रा देवी हाँस्दै होली केही गुनेर।
✍️ रतन पाण्डे’पारतन’
दार्जीलिङ।

[३०]
१.
साना बाबु नानीहरू पढ रमाई,
ज्ञनी गुणी बन्नु पर्छ विद्या कमाई ।
२.
ठूलो मान्छे बन्नु पर्छ भोलि लम्केर,
उन्नतिको शिखरमा पुग्न चम्केर ।
✍️ बिबस पारदर्शी
भद्रपुर-२ झापा ।

[३१]
बाबु तिमी देशभक्त बन्नु निडर,
जोगाउँनु स्वभिमान सधै सक्भर।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही१८

[३२]
१.
घरजम रुचाउने गर्छन् विवाह,
कोही भने घरगाडी राख्छन् पर्बाह।
२.
कतिन्जेल एक्लोपन बोकी हिॅंड्दछौ?
दुनियाँमा आफुसित आफैँ भिड्दछौ।
✍️ म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

[३३]
१•
अति धेरै दुख पायौ साना नानीले,
खोसे सारा अधिकार मिली खानीले।
२.
स्कुलहरू बन्द हुॅदा पढ्न पाछैन,
कस्तो होला भविष्य खै केही थाछैन।
✍️ घनश्याम पौडेल
सृजना चोक, पोखरा ।

[३४]
१.
आच्छु आच्छु जाडो कति धेरै भएको
पुस माघ मास अझै ढिलो गएको ।
२.
दिन काट्न गाह्रो भयो चिसो बढेर
खोकी धेरै लाग्न थाल्यो भित्रै गढेर ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास

[३५]
१.
पढ्नुपर्छ लेख्नुपर्छ, स्कुल गएर,
देशोन्नती गर्नुपर्छ, ठूलो भएर ।
२.
महङ्गी र भ्रष्टाचार, भयो गहना,
तोड्नै पर्छ ती भ्रष्टको, दिवा सपना ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

[३६]
१.
साना साना नानीबाबु  स्कुल गएर,
सम्मानित हुनुपर्छ ज्ञानी भएर।
२.
धेरै धेरै लेखे पडे धेरै जानिन्छ,
देशलाई विकासमा यसै तानिन्छ।
✍️ अच्युत घिमिरे
भुटान

[३७]

साना-साना नानीहरु कच्चा उमेर
सारा दु:ख भुलाएर नाच घुमेर।

पढि गुनि ठुलो मान्छे बनी देखाउ
विश्व भरी नाम छर्न कृति लेखाउ।
✍️ अबजस चन्द्र
झापा ।

[३८]
१.
बाबाआमा प्यारा हाम्रा काख छ प्यारो,
डरभर छैन कुनै भाग्छ अँध्यारो ।
२.
आज मेरो जन्मदिन खुसी साटौला,
साथी भाइ ईष्टमित्र सँगै राखौंला।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

[३९]
१.
राम्रो हुन्छ त्यतिबेला सम्म सबैमा,
कुरा सुन्न थाले रिस उठ्छ उसैमा।
२.
आए आऊ गए जाऊ ढाँचा नपार,
बदनामी कमाउने छैन हतार।
✍️ पौडेल विमुन्स
पोखरा, कास्की ।

[४०]
हाँसीखुसी हुनु पर्छ हेर बालक
बन्नुपर्छ अब तिमी देश चालक।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका-०४ बिगारे जुम्ला

[४१]

आऊ आऊ पुतलीहो सँगै नाचौला
फूल फूल डुल्दै घुम्दै रस चुमौला ।
२ .
सयपत्री थुँगेफूल हेर फुलेका
आँप लिचि कटहर डाली झुलेका ।
✍️ योगप्रसाद उपाध्याय चापागाईं
काठमाण्डौं।

[४२]
१.
राम्रो खाऊँ मीठो बोलौँ बाचौँ हाँसेर
साथी सङ्गी सबैसँग प्रीति गाँसेर।
२.
मरिलानु केही छैन जानु छ खाली
पाप धर्म साथ जान्छ नबनौँ जाली।
✍️ ओमकुमारी बन्जारा
सामाखुसी काठमाडौं।

[४३]
१.
मादलुमा लैबरीको, ताल कसौँला,
चाँडै आऊ साली नानी, रोदी बसौँला।
२.
दोहोरीमा बसौँ सानी, सबै भुलेर,
हार-जीत हुन्छै हुन्छ, गाऊँ खुलेर।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[४४]
१.
साना साना नानी बाबु धेरै पढेका,
एकजुट बनी सधैँ अघि बढेका ।
२.
स्कुल जाउ नानी बाबु क ख भनेर ,
सधैँभरी पढ्नु लेख्नु ज्ञानी बनेर ।
✍️ निर्मला शाही ठकुरी
दैलेख ।

[४५]
१.
विरहकाे गीत लाैन गायाे चरीले,
वरिपरि प्रीत बाँड्दै आईन् परीले ।
२.
माइतीकी प्यारी उनी रूपै सुनाैली,
नयाँ घर नयाँ ठाउँ माया बुनाैली ।
✍️ शान्ति याक्साे
काठमाडौं ।

[४६]
१.
जिन्दगीमा सधैँ हाँसाे मात्र खोजेको
तिमी प्रिया भित्री मन बाट रोजेको ।
२.
लाग्छ डर तिम्रो मात्र किन? मलाई,
खुसी राख्छु मनमुटु सधैँ जलाई ।
✍️ विक्रम तिरुवा सलिन
तिला ३ कुडारी जुम्ला ।

[४७]
१.
जिन्दगीका सुख दु:ख हामी साटाैँला,
चखेवाकाे जाेडी बनी जुनी काटाैँला ।
२.
हामी दुई नाता जाेडी खुसी बनाैँला,
तिमी भन्नु कान्छु म त बाबा भनाैँला ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

[४८]
ज्ञानी बनी पढ्न जान्छु सधैँ रमाइ
सिकाउँछन् राम्रो लेख्न हात समाइ।
✍️ अम्बिका कोइराला
धादिङ

[४९]
१.
आकाशमा राति राति, तारा गनौँला
किताबको पाना हेरि, क ख भनौँला।
२.
घामको लाली पहेँली आँखा जुधाइ
खेलौँ साथी शनिबार छुट्टी मनाइ।
✍️ जि कुमार गौतम
भद्रपुर -१ (पृथिविनगर) झापा।

[५०]
सफलता सिँगार्दछु, जहाँ धाएर
समर्पण टक्र्याउँछु, यहाँ आएर ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक

[५१]
जति दु:ख परे पनि हामी हासौंला
दु:ख सुख जसाेतसाे जुनी काटौँला ।
✍️साहित्य प्रेमी श्री लिम्बू ( प्रयासी )
पाँचथर

[५२]
कमिलाले जस्तै गरी एक भएर
काम गराैँ राम्रोसँग मिली गएर।
✍️ शारदा दहाल
पाँचखपन -९ संखुवासभा।

[५३]
१.
बाल्यकाल खुसी खोज्ने बेला उमेर
माया बाँड्न चुक्यो भने हुन्छ अबेर।
२.
आजको त्यो कोपिला हो भोलि फक्रन्छ
नागरिक सभ्य भए देश सप्रन्छ।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर ।

[५४]
१.
डाँडापाखा चारैतिर हिउँ परेको,
लेकबाट भेडीगोठ बेसी झरेको।
२.
मुटुभरी मायालुको माया साँचेर,
जिन्दगानी घामछाया बाचौँ हाँसेर।
✍️ शम्भु लाल श्रेष्ठ
नागार्जुन-१ रानीवन, पानीट्यांकी, काठमाडौं।

[५५]
१.
मेरो माया सिन्दुरले सजी राखौली
सधैं भरी जवानीका रंग चाखौली ।
२.
सँगै बाँच्ने सँगै हाँस्ने मन लागेको
लजाएर तिमी किन टाढा भागेको ।
✍️ गुणनिधि घिमिरे
पाँचथर मोरङ हाल अमेरिका ।

[५६]
आज भोलि केटाकेटी ज्ञानी भएका
हाँसी खुसी सधैँ भरी पढ्न गएका ।
✍️ सरस्वती श्रेष्ठ
इटहरी ।

[५७]
धर्म कर्म गरेर नै जुनि बिताऊँ,
संस्कार याे हाम्राे सबै मिली बचाऊँ ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर ।

>>> जय टुक्का! जय साहित्य!! <<<

प्रतिक्रिया