पेरिस स्थित नेपाली राजदुताबास लाई ओएनएफ फ्रान्सले बुझायो ज्ञापनपत्र
इनेप्लिज
२०७८ माघ ११ गते २२:५५ मा प्रकाशित

प्रवासी नेपाली मञ्च फ़्रान्सले प्रवासमा रहेका नेपाली नागरिकहरुले प्रवासबाटै मतदान गर्न पाउनु पर्ने माग सहितको ज्ञापन पत्र फ़्रान्सको पेरिस स्थित नेपाली दुतावास मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा सहित परराष्ट्र मन्त्री डा. नारायण खड्का तथा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सम्वोधन गरि पठाइको पत्रमा विदेशमा रहेका नेपाली नागरिकहरुको मतदाता नामावली संकलन गर्न र विदेश स्थित कुटनैतिक नियोग वा विद्युतीय माध्यम बाट मतदान गर्न पाउनु पर्ने माग गरिएको छ ।
नेपाली राजदूत दीपक अधिकारीलाई प्रवासी नेपाली मञ्च फ़्रान्सको तर्फबाट अध्यक्ष तथा युरोप इन्चार्ज भक्त वाग्लेले ज्ञापनपत्र हस्तान्तरण पत्रमा विश्वभरि सार्क मुलुक बाहिर मात्र करिव पचासलाख नेपालीहरु रहेको उल्लेख गर्दै राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स भित्राउनेहरुलाई देशको मुल नेतृत्व छनौटबाट बन्चित गर्नु अन्याय हुने उल्लेख गरिएको छ।त्यसै गरि पत्रमा सर्वोच्च अदालतको २०७४ चैत्र ७को आदेश र परमादेशको समेत स्मरण गराइएको छ।
ज्ञापन पत्र हस्तान्तर कार्यक्रममा प्रवासी नेपाली मञ्च फ़्रान्सका क्रियाशील सदस्यहरूको उपस्थितिमा अध्यक्ष तथा युरोप इन्चार्ज भक्त वाग्लेले सहित राजदुत दीपक अधिकारीले मञ्चको प्रतिनिधिमण्डललाई सम्वोधन गर्दै ठुलो संख्यामा नेपालीहरु प्रवासमा अध्ययन रोजगारी तथा नेपाल सरकारकै काममा समेत रहेको सन्दर्भमा मञ्चले निकै महत्वपुर्ण विषयबस्तु उठान गरेको बताउदै दुतावासले सम्माननीय प्रधानमन्त्री सहित संवन्धित निकाय समक्ष ज्ञापनपत्र पुर्याईदिने बताउनुभयो ।
ज्ञापनपत्र हस्तान्तरण मञ्चका अध्यक्ष तथा युरोप इन्चार्ज भक्त वाग्लेले मञ्चको अन्तराष्ट्रिय कमिटीको निर्णय बमोजिम विश्वभरि रहेका नेपाली कुटनैतिक नियोगहरु मार्फत ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत पत्र बुझाएको बताउनु भएको थियो ।
प्रतिक्रिया