सरकारी कर्मचारीले ३३ बर्ष कान्छीसँग गरे विवाह,५६ वर्षे बाजे र २३ वर्षिया श्रीमतीसँग रोमान्स गर्दै हेर्नुहोस् भिडियो

इनेप्लिज २०७८ पुष २३ गते १०:५७ मा प्रकाशित

पाँचथर।पाँचथरमा एक सरकारी कर्मचारीले आफूभन्दा धेरै कम उमेरकी युवतीसँग विवाह गरेपछि सबै चकित परेका छन्।पौष १७ गते पाँचथरको नापी कार्यालयका कर्मचारी ५६ बर्षीय डिल्लीराम मुखियाले २३ बर्षीया सिर्जना लिम्बूसँग विहे गरेपछि सबै चकित परेका हुन्।सामाजिक संजाल फेशबुकमा नवजोडीको तस्बीर सार्वजनिक गरिएपछि धेरै मानिसहरु चकित परेका छन्।

हेर्दा बुबा र छोरीको उमेरको भन्दै सामाजिक संजालमा टिप्पणी समेत भइरहेको छ।नयाँ जोडीलाई बधाइ दिदै दिइएको सुभकामनाको कमेन्टमा कतिपयले राम्रो भनेपनि अधिकांशले नकारात्मक कमेन्ट गरेका छन्  भने कतिपयले ‘अनमेल विवाह’ भन्दै टिप्पणी गरेका छन्।उक्त जोडिको तस्बीर केही छिनमै सामाजिक संजालमा भाइरल बनेको छ।

प्रतिक्रिया