कमला आचार्यको नसोचेको भित्री रहस्यको भयो खुलासा, दिदीले खोलिन् नयाँ कुरा (भिडियोसहित)

इनेप्लिज २०७८ पुष २२ गते २२:३३ मा प्रकाशित

उर्लाबारी ।मोरङको कानेपोखरी जंगलमा भेटिएकी खोटाङकी १९ बर्षीय कमला आचार्यको मृत्यु रहस्यमय बनिरहेको छ।के कारण ती युवती घना जंगलमा पुगिन् भन्ने विषय निकै चासोका साथ हेरिएको छ।

राधिका माध्यमिक विद्यालय उर्लाबारीमा बाली विज्ञान विषयमा कक्षा १२ मा अध्ययरत रहेकी आचार्य सुन्दरहरैचामा अंकल आन्टीको बस्दै आएकी थिइन्।कानेपोखरीको जंगलमा अचेत अवस्थामा भेटिएकी आचार्यको उपचारको क्रममा निधन भएपनि के कारण यो घटना हुन पुगेको हो भन्ने बिषय रहस्यमय नै छ।मुसा मार्ने औषधि सेवन गरेको पाइएपनि सो जंगलमा एक्लै किन र कसरी गइन् त ? धेरैले यो घटना रहस्यमय मानेका छन्।कतिपयले यो घटना यौन शोषणमा परेर ती युवतीले मृत्युको बाटो रोजेको पनि बताउन थालेका छन् । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

https://www.youtube.com/watch?v=28ZHKM3SdVU

प्रतिक्रिया