केशवराज ज्ञवालीको पहिलो कथासङ्ग्रह अर्को भोर सार्वजनिक

इनेप्लिज २०७८ पुष १० गते १६:२७ मा प्रकाशित

काठमाडौं । केशवराज ज्ञवालीको पहिलो कथासङ्ग्रह अर्को भोर सार्वजनिक भएको छ । अमेरिकामा इन्जिनियरिङको काम समेत गरिरहेको ज्ञवालीको उक्त कथासंग्रहलाई साहित्यकार तथा पूर्व सांसद नारायण ढकालले लोकार्पण गरेका हुन् ।

शिखा बुक्सले बजारमा ल्याएको कथासङग्रहलाई काठमान्डौँस्थित बागबजारको हार्दिक होटलमा एक समारोह आयोजना गरी लोकार्पण गरिएको थियो । लोकार्पण समारोहको सभापतित्व शिखा बु्क्सका प्रमुख पुष्पराज पौडेल थिए भने आख्यनकार समेत रहेका नारायण ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सुचारु भएको थियो ।

त्रिभुवन विश्वविद्यालयका नेपाली विभागका प्रमुख ज्ञानु अधिकारी र त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभागका प्रमुख युवा समालोचक, कथाकार महेश पौडेल टिप्पणीकारका रुपमा समारेहमा सहभागी भएका थिए । समालोचक महेश कार्की ‘क्षितिज’ले प्रस्तोताको रुपमा कार्यक्रमलाई साहित्यमय बनाएका थिए ।

टिप्पणीकारका रुपमा उपस्थित अधिकारीले कथाकारलाई सिधै बधाइ दिए । उनले ज्ञवालीको भाषामा मिठोपन भएकोले कथासंग्रह पढ्न पाठकवर्गलाई आग्रह गरे । कथाकारले पारम्पारिक मुल्यमान्यतालाई तोडेको समेत अधिकारीको भनाई रहेको थियो ।

त्यसैगरी अर्का टिप्पणीकार पौडेलले अर्को भोर नामक पुस्तक पढनीय छ छैन भनी आम पाठकले नै फैशला गर्ने बताए । पौडेलले कथाकारले उज्यालोलाई मुख्य के्रन्द्रविन्दु बनाएर लेख्न सफल भएको बताए । अन्य क्षेत्रमा लागेका मानिसले पनि साहित्य सिर्जना गर्दै आएकोमा ज्ञवालीको कथा संग्रह सफल बन्ने विश्वास व्यक्त गरे । कथाकारले अध्यात्मक खुसीलाई पनि प्रष्फूटन गर्न सफल भएको बताए ।

समालोचक ज्ञानु अधिकारीले नारी संवेदनालाई छानेर राखिएको कथामा यौन मनोविज्ञानको संकेत पनि रहेको सुनाइन् । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइरालाजस्ता कथाकारलाई पछ्याउँदै ज्ञवाली नेपाली साहित्यमा ‘अर्को भोर’ बाट उदाएको बताइन् । प्रमुख अतिथिको आसनबाट बोल्दै आख्यानकार नारायण ढकालले पनि कथाहरु राम्रा भएको बताए ।

अर्को भोर कथासंग्रहमा १४ वटा कथाहरु संग्रहित छन् । लेखक टेक्सस राज्यको अस्टिनमा बसोबास गर्छन ।

प्रतिक्रिया