झापा।झापाको दमक–२ का २५ बर्षीय प्रकाश भनिने देवप्रकाश पराजुलीको हत्यामा संलग्न रहेको आरोपमा दमक–७ बाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
दमक १ का अन्दाजी २० बर्षिय अर्जुन लिम्बुलाई पक्राउ गरी सार्वजनिक गरेको हो।लिम्बूलाई थप अनुसन्धानका लागि अदालतबाट म्याद थपको आदेश समेत लिएको छ।लिम्बुले २÷३ महिना अघि एक युवतीको बिषयमा आफूहरुबीचको झगडाका कारण सो घटना गराएको स्विकार गरेका पनि प्रहरीको दाबी छ।जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी हत्याका अभियोगमा पक्राउ परेका लिम्बूलाई सार्वजनिक गरेको छ।हत्यामा संलग्न लिम्बु पक्राउ परे संगै बिएण्डसी अस्पताल विर्तामोडमा दुई दिनदेखि रहेको पराजुलीको शव आजै अन्तेष्टी गरिएको छ।बुधबार राती दमक ६ स्थित रक्षा फेन्सी स्टोरमा कार्यरत पराजुलीको हत्यामा संलग्नको पहिचान गरी तत्काल पक्राउ गर्न दबाब दिदैं पराजुली परिवारले बिहीबार शव बुझन इन्कार गरेका थिए।अभियुक्त लिम्बूलाई सावजनिक गरेपछि शब परिवारले बुझेर आजै साँझ नै अन्तेष्टी गरिसकेका छन।
प्रतिक्रिया