दूतावास र एनआरएनको आयोजनामा कतारमा सचेतना कार्यक्रम सम्पन्न

इनेप्लिज २०७८ मंसिर २५ गते १३:१५ मा प्रकाशित

दोहा, कतार । नेपाली राजदुताबास कतार तथा गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको संयुक्त आयोजनामा अवैध आप्रवासीहरु लाई बैध हुनका लगि कतार सरकारले हालै लागू गरेको ब्यवस्था सम्बन्धी सचेतना मूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कतार सरकारले विभिन्न कारणले अबैध बनेका आप्रवासीको लागि बैध बनेर काम गर्न तथा आफ्नो देश फिर्ता हुनको लागी विभिन्न छुट सहितको सुविधा यहि डिसेम्बर ३१ सम्मको लागि प्रदान गरेकोले नेपाली समुदायलाई जानकारी दिन सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै कार्यबाहक राजदुत लक्ष्मण खनालले कतार सरकारले आप्रवासीको लागी प्रदान गरेको सुविधा प्रयोग गरि आफुलाई बैध बनाई यहि काम गर्ने वा स्वदेश फिर्ता हुने अवसर रोज्न सम्पुर्ण नेपाली समुदायलाई अनुरोध गर्नुभयो । पछिल्लो समयमा सामाजिक संजालमा विभिन्न अफबाह आएको प्रती लक्षित गर्दे खनालले आधिकारिक कुराहरु दूतावास मार्फत प्रवाह हुने हुँदा भ्रममा नपर्न आग्रह गर्नुभयो । कतारमा रहेका अधिकास नेपाली सामाजिक संजालको पहुँचमा पुगेको अवस्थालाई मध्यनजर गर्दे दूतावासले सेवाग्राहीको सुबिधाको लागि फेस्बुक पेज मार्फत विभिन्न सूचना सम्प्रेषण गर्ने हुँदा त्यहाँ जोडिएर आधिकारिक जानकारी लिन अनुरोध गर्नुभयो । दूतावासमा नियमित सेवाग्राहीको संख्या ठूलो मात्रामा आउँदा सिमित जनशक्तिले काम गर्दा केही असुविधा भएपनी आफुहरुले सकेसम्म सरल र सहज रुपमा सेवा प्रदानको कोसिस गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली राजदुतावासका लेबर कनसूलर कृष्ण खनाल र गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतार सरकारले अबैध आप्रवासीलाई बैध हुन पाउने गरी लागू गरेको नयाँ ब्यवस्था बारेमा जानकारी गराउनुभएको थियो ।

नेपाली राजदुतावास बाट भौतिक तथा भर्चुअल रुपमा गरिएको कार्यक्रम नेपाली राजदुतावास कतार, एनआरएनए एनसिसि कतारको फेस्बुक पेज तथा विभिन्न अन्लाईन बाट प्रत्यक्ष प्रसारण गरिएको थियो । सो क्रममा विभिन्न माध्यम बाट आएका प्रश्न तथा जिज्ञासाको नेपाली राजदुतावासका लेबर कनसूलर कृष्ण खनाल, प्रथम सचिव अनु खनाल, दित्तिय सचिव भुवन भट्ट, एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले सहजीकरण गर्नुभएको थियो ।

एनआरएनए एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्दितिय उपाध्यक्ष प्रेम चलाउने र संचालन महासचिव पदम गिरिले गर्नुभएको थियो ।

सन्तोष क्षत्री
प्रवक्ता
गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार

प्रतिक्रिया