मोरङ।चीनका जियाङ्ग लि जियान र मोरङको रंगेलीकी आयुषा विश्वकर्माबीच नेपाली पराम्पराअनुसार विहे भएको छ।
आज मोरङको रंगेलीमा भब्य विवाह गरिएको हो।जियान नेपाली टोली र कोटपेन्टमा सजिएका थिए।जियानले नेपाली भाषा राम्रोसँग बोल्न र बुझ्न सक्दैनन्।
सामाजिक सञ्जालमार्फत चिनजान भएका जियान र आयुषा विगत ६ महिनादेखि संगै बस्दै आएका छन्।केही समयअघि उनीहरुले मन्दिरमा विवाह गरेका थिए भने आज नेपाली पराम्पराअनुसार विहे गरेका छन्।
आयुषालाई उनी चीन लैजाने गरी नेपाल आएको हुन्।अहिले इटहरीमा बस्दै आएका जियानले आयुषालाई खुबै माया गर्ने गरेको प्रतिकृया दिएका छन्।सबैभरी यसरी नै माया जियानले बताएका छन्।२ बर्षभित्रमा आयुषलाई चीन लैजाने बताइएको छ।चाइनिज ज्वाई पाउँदा आयुषाको परिवार पनि दंग परेको छ।छोरीको जे मा खुशी छ,त्यसैमा हाम्रो नि खुशी छौं आयुषाका बुवा राज विश्वकर्माले भन्नुभयो।
प्रतिक्रिया