भारतमा चितुवाले आफ्नो बच्चालाई हेर्दाहेर्दै लग्यो,आमाले पछ्याइन् ,गुहार मागिन र छोरालाई गरिन उद्धार

इनेप्लिज २०७८ मंसिर १८ गते १२:४३ मा प्रकाशित

भारतको मध्य प्रदेशको एक राष्ट्रिय कुञ्ज नजिक चितुवाले आफ्नो बच्चालाई हेर्दाहेर्दै लागेको देखिन । उनले उक्त चितुवालाई पछ्याइन् ,गुहार मागिन र छोरालाई उद्धार गर्न सफल भईन ।

चितुवाले खोसेको बालकलाई उसको आमाले पछ्याउँदा जनावरले छोडेपछि छोरा भाग्यले जीवित अवस्थामा फेला पारिएको छ ।

करिब ५ वर्षको मानिने अज्ञात बालक आफ्नी आमा र भाइबहिनीसँग झुपडीमा बसिरहेका थिए त्यसै समयमा चितुवा आएको स्थानीय अधिकारीहरूले भने ।

मध्य भारतीय राज्यको मध्य प्रदेशको सञ्जय दुबरी राष्ट्रिय निकुञ्ज र टाइगर रिजर्भका फिल्ड डाइरेक्टर (बाघ आरक्षित भूमि निर्देशक )वाईपी सिंहका अनुसार स्थानीय रूपमा किरण बैगा नाम गरेकी महिलाले हामफालेर चिच्याउदै जनावरलाई पछ्याइन्।

भारतका अन्य राष्ट्रिय निकुञ्जहरूमा जस्तै, सञ्जय-दुबरीको एउटा केन्द्र छ जहाँ अधिकांश वन्यजन्तुहरू बस्छन्। यो एक बफर जोन(प्रतिरोधक क्षेत्र )ले घेरिएको छ जहाँ केही मानिसहरू स्वतन्त्र रुपले हिडडुल गर्ने (फ्री-रोमिङ )जनावरहरूसँगै बस्छन्।

सिंहले उक्त परिवार आरक्षित मध्यवर्ती क्षेत्रभित्र पर्ने वादी झिरिया गाउँमा बसोबास गरेको र तारबार नभएको बताए ।

नोभेम्बर ३० मा भएको घटनालाई सम्झाउँदै सिंहले सिएनएनलाई भने: “महिला आफ्ना बच्चाहरूसँग झुपडीमा बसिरहेकी थिइन् जब चितुवा आयो। त्यसले बच्चालाई लगेर दौडन थाल्यो उक्त महिलाले पछ्याउदै चिच्याएर गुहार मागिन र अरू धेरै मानिसहरू आए, त्यसैले चितुवाले बच्चालाई छोडेर भाग्यो।”

प्रतिक्रिया