फरक भूमिकामा प्रियारानी लामा ” यो मुटु त तिम्रै हो “मा

इनेप्लिज २०७८ मंसिर १६ गते ११:२० मा प्रकाशित

धरान/बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियार दस बर्ष पछि युवा गायकको रुपमा आफ्नो नयाँ गीत ” यो मुटु त तिम्रै हो ” म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्।यंग माइन्ड्स इन्टरटेनमेन्टको प्रस्तुति तथा हरिदेवी कोइरालाको निर्माण रहेको गीतको म्युजिक भिडियोमा डिमन क्षेत्री र सुप्रिया खनाल संगै प्रिया रानी लामाको अभिनय रहेको छ।

मोडल तथा कोरियोग्राफरको रुपमा चर्चित प्रियारानी लामा अहिले म्युजिक भिडियोमा समेत आफुलाई सक्रिय बनाउँदै छिन्।म्युजिक भिडियोमा प्रियारानी लामाको नेगेटिभ भूमिकामा अभिनय गरेको हेर्न पाइन्छ।राजेश थापाको संगीत र बिष्णु निरौलाको शब्द रहेको गीतको भिडियोको छायाँकार सागर प्रधान, सम्पादन शिलान लम्साल र निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन्।

म्युजिक भिडियो लिङ्क :

प्रतिक्रिया