पनाहले धोका दिए पछि ….. मिलाउने दैव भन्दै आए निशान भिडियो सहित

इनेप्लिज २०७८ मंसिर १४ गते ११:०९ मा प्रकाशित

म्यूजिक भिडियो बाट पनि सामाजिक कथा देखाउन सकिन्छ भनेर पछिल्लो समय कथा बुनेर म्यूजिक भिडियो बनाउने चलन बढ्दो छ।यसै बिच निर्देशक राज बस्न्यातको निर्देशनमा मिलाउने दैव छुटाउने दैव बोलको गीत सार्वजनीक गरिएको छ।निर्देशक बस्न्यातले आधा दर्जन भन्दा बढि फिल्म निर्देशन गरिसकेका छन् ।निशान भट्टराइको आवाज,तिलक भट्टराईको शव्द एवं बसन्त सापकोटाको संगीत रहेको गजल गीतको भिडियोले अहिले समाजमा देखिरहेको परिस्थिति लाइ छर्लङ्ग पारेको छ।

हाइलाइट्स नेपाल बाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा पनाह अधिकारी,तिलक भट्टराई,राज बस्न्यात,सुरज पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ।यस गीतलाइ वाइपी घिमिरेले छायांकन गरेका हुन् भने सम्पादन निर्देशक बस्न्यात स्वयंले गरेका छन्।भिडियोमा कलर भर्ने काम भने जोन तामाङले गरेका हुन्।

हेरौ यो भिडियो

प्रतिक्रिया