इजरायलद्वारा ५० वटा अफ्रिकी र अन्य मुलुकलाई कडा यात्रा प्रतिबन्ध,प्रतिबन्ध आइतबार मध्यरातबाट लागू

इनेप्लिज २०७८ मंसिर १२ गते २२:४७ मा प्रकाशित

इजरायलले नयाँ प्रजातिको कोभिड ओमिक्रोन देखा परे पछि ५० वटा अफ्रिकी मुलुक र अन्य मुलुकलाई कडा यात्रा प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध आइतबार मध्यरातबाट लागू हुनेछ।

इजरायलले आइतवार नोभेम्बर २८ का दिन विदेशी नागरिकहरूको प्रवेशमा प्रतिबन्ध र नयाँ कोरोनाभाइरस प्रजातिमा कठोर नीति गर्ने प्रयास स्वरुप खोज सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ)को लागि विवादास्पद प्रविधिको प्रयोगलाई अनुमोदन गर्‍यो।

इजरायली स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस मन्त्रिपरिषद्ले ५० अफ्रिकी देशहरूमा रातो-सूचीबद्ध यात्रा, विदेशीहरूको प्रवेशमा प्रतिबन्ध लगाउने र विदेशबाट आउने सबै इजरायलीहरूलाई एकान्तवास (क्वारेन्टाइन )अनिवार्य गर्ने लगायत उपायहरूको लागि बढी मात्रामा अधिकार दिएको छ।

यसले इजरायलमा कोरोनाभाइरसको नयाँ ओमिक्रोन प्रजातिसँग पुष्टि भएका व्यक्तिहरूको सम्पर्क लगाउने पत्ता लगाउने शिन बेट आन्तरिक सुरक्षा एजेन्सीको विवादास्पद भ्रमणध्वनि (फोन निगरानी) प्रविधिको प्रयोगलाई पनि अनुमोदन गर्‍यो।

इजरायली अधिकार समूहहरूले प्रविधिको प्रयोगको निन्दा गरेका थिए। जसले व्यक्ति कहाँ गएको छ र कसलाई भेटेको छ भनेर पत्ता लगाउन सक्छ । जसले गोपनीयता अधिकारको उल्लङ्घन हुने भएको भन्दै सर्वोच्च अदालतले यस वर्षको सुरुमा यसको प्रयोग सीमित गर्न आदेश दिएको थियो।

प्रधानमन्त्री नफ्ताली बेनेटले यसलाई प्रभावकारी बनाउने आपतकालीन नियमनमा हस्ताक्षर गरेका छन् । अधिकांश अफ्रिकी राज्यहरूबाट आउने विदेशीहरूलाई शुक्रबार यात्रा प्रतिबन्ध लगाइएको थियो।

गत शनिबार इजरायलले मलावीबाट फर्केका एक यात्रुमा नयाँ जातको कोरोना पत्ता लगाएको र ७ अन्य संदिग्ध मामलाहरूको अनुसन्धान गरिरहेको बताएको छ। ७ जनामा ३ जना खोप लगाएका व्यक्तिहरू थिए जसलाई सबैलाई एकान्तवास (आइसोलेसन)मा राखिएको थियो भनि एबिसीन्यूजले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया