गद्दारको परिभाषा

निभा शाह,अछाम २०७८ मंसिर ११ गते ०:४१ मा प्रकाशित

रामदेव क्रान्तिकारी
भगतसिंह प्रतिक्रान्तिकारी
रामदेवको चेलो
बालकृष्ण क्रान्तिकारी
मार्क्सको चेलो
कृष्णसेन प्रति क्रान्तिकारी।

बाबालय क्रान्तिकारी
मार्क्सलय प्रतिक्रान्तिकारी
जनयुद्ध प्रतिक्रान्तिकारी

एमसीसी क्रान्तिकारी
कृषिक्रान्ती प्रतिक्रान्तिकारी

याद रहोस देशद्रोही गद्दारहरुलाई
जनताको हार अल्पविराम मात्र हो

जब जनता जित्छ
गद्दार काटिएका टाउकाहरु
गिद्धले पनि लुछ्दैन।

गिद्ध गद्दारको सिनो छोडेर
कुकुरको सिनो लुच्छ
किनकि गिद्धलाई थाहा छ
कुकुर बफादार लुछ्न लाएक छ
गद्दार न लुछन लाएक छ
गद्दार न थुक्न लाएक छ।

यिनै गिद्धले पनि
न लुछने
न थुक्ने गद्दारहरु
सिंहदरबारलाई रछयान बनायर
देश चलाई रहेछन्।

याद रहोस गद्दारहरु
जनताको हार अल्पविराम मात्र हो
फाइनल म्याच सधै जनता जित्छ।

(निभा शाह,अछाम)

प्रतिक्रिया