ट्रेलरमा यस्तो देखियो ‘ओभर डोज’

इनेप्लिज २०७८ कार्तिक २६ गते २३:१८ मा प्रकाशित

 

काठमाडौँ।फिल्म ‘ओभर डोज’को ट्रेलर सार्वजनिक भएको छ।आगामि १७ मंसिरमा सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको ट्रेलरमा प्रेम,रोमान्स र एक्सन समेटिएको छ।अमेरिकामै सम्पुर्ण छायांकन भएको फिल्मको ट्रेलर हलिउड शैलीमा निर्माण भएको छ।

दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रा.लिको संयुक्त ब्यानरमा बनेको हो ।फिल्मका निर्देशक सुमन पौडेल हुन्।प्रनिश राज पन्त,सबिन जंग थापा,बिना श्रेष्ठ,स्वामी डि,एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायत कलाकारको मुख्य भुमिका रहेको फिल्म जीवन कुमार केसीले निर्माण गरेका हुन्।

निर्माता जीवन कुमार केसीले फिल्म युवापुस्ताको रुचिलाई ध्यानमा राखेर निर्माण गरेको बताए।

 

फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको छायांकन रहेको छ।कमल पाण्डेको भिजुअल इभेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पन्जियार,जुनियर मोरेनो हुन्।नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जि.जि ग्रूप उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाँहिर बितरण गर्न लागेको हो।

फिल्म क्षेत्रलाई चलायमान गराउने उदेश्यले ‘ओभर डोज’ रिलिज गर्न लागेको बितरक करण श्रेष्ठको भनाई रहेको छ।

प्रतिक्रिया