तनहुँमा मोबाइल प’ड्कदा २७ बर्षिय युवाको मृ’त्यु बिजुली अफिसको लापरवाहीले यस्तो

इनेप्लिज २०७८ कार्तिक २६ गते ११:५८ मा प्रकाशित

तनहुँ – बिद्युत ट्रान्सफर्मरवाट हुँदै प्रवाह भएको हाई भोल्टेजको करेन्ट लागेर तनहुँको शुक्लागण्डकी नगरपालिका ३,दुरुङचुङमा एक युवकको मृत्यु भएको छ ।घटनामा गर्भवती महिला सहित दुई जना घाईते बनेका छन।

बिद्युत ट्रान्सफर्मरमा फ्यूज तार नराखिकन सिधै पोलको तारमा करेन्ट प्रवाह गरिदिएका कारण घरका पावर सर्किटमा पुगेको हाई भोल्टेजको करेन्टले २७ बर्षिय चित्रवहादुर रानाको घटनास्थलमै मृत्यु भएको हो।स्थानीयवासीका अनुसार गाउँमा लगिएको तारमा हाईभोल्टेजको करेन्ट प्रवाह भएका कारण आगलागि हुँदै ज्वाला निस्किएपछि चार्जमा राखेको मोवाईल झिक्नेक्रममा युवकलाई करेन्ट लागेको थियो।ट्रान्सफर्मरदेखि करिव एक मिटर तल घर भएका चित्रवहादुरले बिद्युत तारमा ठुलो आवाजसहित आगोको झिल्का निक्लदै गरेपछि मोवाईल झिक्न पुगेका चित्रवहादुरलाई मोवाईलसहित हातमा पनि ठुलो भोल्टको करेन्ट लागेर ज्यान गएको आफन्तले वताएका छन । स्थानीयवासी सुमन आलेले हाईभोल्टेजको करेन्टले मोवाईल र मृतकको हातमा क्षति गरेको जानकारी दिए।

घट्ना विहान करिब ४ बजेतिर भएपनि ७ः३० बजेतिर मात्र गाउँले तथा घर परिवारले थाहा पाएका थिए।स्थानीयले उपचारका लागि तुरुन्तै जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटामा ल्याएको भए पनि चिकित्सकले मृत घोषणा गरेको थियो।

प्रतिक्रिया