मुलुकमा तत्काल सैनिक शासन चाहिएको छ । सेना आउ देश बचाउ ।

इनेप्लिज २०७८ कार्तिक २२ गते १२:०९ मा प्रकाशित

प्रापक

प्रधानसेनापति प्रभुराम शर्मा ज्यु,

सैनिक मुख्यालय

जंगी अड्डा, भद्रकाली (काठमाडौं)

मिति:२०७८/०७/२२

विषय:सेनाहरु आउ देश बचाउ । सेनाहरु आउ देश बचाउ ।

प्रधानसेनापति ज्यु, प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओली, पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, गिरिजा प्रसाद कोइराला, सुशील प्रसाद कोइराला, मन्त्रीहरु, सभामुखहरु, उपसभामुखहरु, ६०१ सभासदहरु, ८८४ सांसदहरू र नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ ।

प्रधानसेनापति ज्यु प्रधानमन्त्री शेरबहादुर देउवा, के.पी. शर्मा ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल र माधवकुमार नेपाल लगायत नेताहरूले आफ्नो स्वार्थ र महत्त्वाकांक्षाहरु पुरा गर्न मुलुकलाई अफगानिस्तान बनाउन लागि परेका छन । समयमा नै सेनाहरुले शासन सत्ता आफ्नो हातमा लिनुपर्ने आवश्यक छ । नत्र भने नेताहरूले मुलुकलाई युद्ध गर्ने रणभुमि बनाउन लागिपरेका छन ।

प्रधानसेनापति ज्यु मुलुकमा जताततै नेताहरूको कारण विकृति, बेथिति र लथालिङ्ग अवस्था छ । नेताहरूको कारण नै  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मात्र राजीनामाको विषयलाई लिएर न्यायालयमा हस्तक्षेप हुन गएको व्यहोरा अवगत गराउन चाहान्छु ।

प्रधानसेनापति ज्यु सेनाहरु समयमा सचेत भएन भने आउने दिनहरुमा सशस्त्र प्रहरीहरुको संगठन, जनपथ प्रहरीहरुको संगठन र सेनाहरुको संगठनमा समेत लडाइँ र झगडाको वातावरण सिर्जना भइ विद्रोहहरु हुन सक्छ । यसकारण समयमा नै सेनाहरुको ध्यानाकर्षण भइ अब सेनाहरु चुप लागेर बस्नुपर्ने अवस्था छैन ।

प्रधानसेनापति ज्यु मुलुकलाई निकास दिन दुई तिहाईको सरकार, सत्ता पक्ष, प्रतिपक्ष, शेरबहादुर देउवा, के.पी. शर्मा ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल र माधवकुमार नेपाल लगायत नेताहरू सबै असक्षम साबित भएका छन । प्रधानसेनापति ज्यु मुलुकको इतिहासलाई कसैले पनि बिर्सनु हुँदैन मुलुकको विगत देखि आजसम्मको इतिहास हेर्ने हो भने मुलुकलाई निकास दिन नेताहरू निरन्तर असफल हुँदै आएकोले हाम्रो मुलुकमा दलीय व्यवस्था असफल भएको छ । अब सेनाहरुले तत्काल कदम चाल्नुपर्ने अवस्था छ । सेनाहरु आउ देश बचाउ । सेनाहरु आउ देश बचाउ । सेनाहरु आउ देश बचाउ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२, मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया