जर्मनको म्युनिख शहरको एक बिशाल बजारमा एक व्यक्तिले १० बर्षिय बालक माथी छुरा प्रहार गरेका छन् । ५७ बर्षिय व्यक्तिले गत शनिबार साँझ भान्सामा प्रयोग गर्ने चक्कुले प्रहार गरेको प्रहरीले बताएका छन् ।
उक्त घटना पछि त्यहाँ करिव ५० वटा प्रहरीहरु पुगेका थिए । म्युनिखकै टिके म्याक्स भन्ने पसलमा आक्रमण भएको थियो । उक्त व्यक्तिले बालकको घाटी र काँधमा छुरा प्रहार गरेका थिए ।
आक्रमण पछि उक्त बालकलाई अस्पताल लागिएको छ भने उनि शख्त घाइते भएका छन् । प्रहरीका अनुसार उनि खतरामुक्त रहेको जानकारी दिएका छन् ।
स्थानीय पत्रिकाका अनुसार उक्त व्यक्ति र बालकको के सम्बन्ध रहेको छ भने बारेमा जानकारी गराईएको छैन भनि समाचार प्रकाशित गरेको एबिसीन्युजले जनाएको छ । उक्त व्यक्तिलाई गिरफ्तार गरिएको र हत्याको प्रयास गरेकोमा सोधपुछ र अनुसन्धान गरि रहेको प्रहरीले जनाएका छन् ।
प्रतिक्रिया