आयुष र एलिनाको ‘नतड्पाउन’ सार्वजनिक (भिडियो)

इनेप्लिज २०७८ कार्तिक २१ गते १६:०७ मा प्रकाशित

 

काठमाडौँ।युवागायक आयुष अर्यालले नयाँ सांगीतिक कोसेली ‘नतड्पाउन’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।लोकप्रिय गायिका एलिना चौहान र आयुषको युगल स्वरमा रहेको गीत गीत अलेक लामा र आयुष अर्यालको शब्दरचना,राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ।रोमान्टिक शैलीको गीतको भिडियोमा मोडेल सारा लोहोरुङ्ग राई र स्वयम् गायक आयुष फिचर्ड छन्।जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ।भिडियोलाइ ओएसआर डिजिटल मार्फत शुक्रबार सार्वजनिक गरिएको छ।

गायक आयुष १ बर्ष अघि ‘तिम्रो मायाले’ गीत मार्फत नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेका थिए।उनको पहिलो कोसेलीलाई पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए।

प्रतिक्रिया