दैनिक एक सय ६० टन भन्दा बढि फोहोर निस्कने पोखरा महानगरपालिकामा एक दिन फोहोर नउठदा बजार नै अस्तव्यस्त र दुर्गन्धित बन्न पुग्छ।पोखराका चोक चोकमा थुप्रिने फोहोरले बजारका चोक चोक नै दुर्गन्धित मात्रै होईन कुरुप समेत हुने गर्छ।तर यही फोहोर निकट भविष्यमै पोखर महानगरपालिकाको कार्यालय मात्रै होईन,सबै पोखरेलीहरुका लागि निकै ठुलो चुनौती बन्न गईरहेको छ।पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निकट भविष्यमै संचालनमा आउने भएपछि चराचुरुङ्गीबाट सुरक्षाको लागि बाच्छेवुडुवाको ल्याण्डफिल साईड बन्द गर्नुपर्ने हुन्छ।
ल्याण्डफिल साईडमा फोहोर फाल्दा फोहोर खान खाएका चराचुरुङ्गी जहाजमा ठोक्किएर दुर्घटनामा पर्ने भएकोले चराचुरुङ्गीको उडान जहाजका लागि जोखिमपूर्ण हुन्छ।बाच्छे वुडुवामा फोहोर फाल्न नमिल्ने भएपछि पोखरा महानगरपालिकाको कार्यालयले वडा नम्बर १६ र २० को सीमाना पस्मराङमा बनाउने निर्णय गरेपनि त्यस बिषयमा स्थानीयबासीले छलफल नै चलाउन चाहेका छैनन।
ल्याण्डफिल साईडका कारण खानेपानीको मुहान दूषित बनेर हरियाली स्वच्छ वातावरण कुरुप बन्ने बताउँदै बिहीवार ल्याण्डफिल साईड बनाउने भनेर भलाम पुगेका पोखरा महानगरपालिका कार्यालयका प्रतिनिधिहरुलाई स्थानीय जनताले ख्याप ख्याप्ती पारे।स्थानीयवासीले शुरुवातदेखि आक्रोशित हुदै बिरोध गरेर कुनै पनि हालतमा ल्याण्डफिल साईड बन्न नदिने अडान लिएपछि महानगरका प्रतिनिधिहरु घोसेमुन्टोालगाएर चुपचाप फर्कन बाध्य भएका थिए।
स्थानीयवासीसँग सल्लाह,सहकार्य नगरीकन ल्याण्डफिल साईड बनाउन खोजिएको भन्दै चर्को बिरोध आएपछि महानगरका सामु फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय अहिले मुख्य चुनौती बनेको छ।
प्रतिक्रिया