पछिल्लो समय म्युजिक भिडियोमा रुचाईएको जोडीमा पर्दछ,कुन्साङ्ग बोम्जोन र मालिका महत।सोहि जोडी फिचर नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको आवाजमा रहेको ‘तिम्ले देको गल्बन्दी’ बोलको गीतमा यी दुईको जोडी फिचर गरिएको छ।
बिनोद बन्जरा र राजनराज शिवाकोटीको शब्द रहेको गीतमा राजनराज शिवाकोटी संगीत रहेको छ।
राजेश पूमा राईको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष राजभाकको कोरियोग्राफी रहेको छ।उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।
प्रतिक्रिया