लघुकथा=योग्यता

सुशीला सुवेदी पाठक २०७८ कार्तिक ४ गते १०:३२ मा प्रकाशित

सहयोगी र मिलनसार हुनु्थ्यो राधादिदी।गाउघरमा कसैलाई केही सहयोग गर्नुपरे हरदम तयार।हरेक काममा निपुर्ण।कसैको घरमा झगडा भयो राधादिदी चाहिन्थ्यो मिलाउन।सबैसग परिचित हुनुन्थ्यो दिदी।
***** ***** ***** *****

दस कक्षामा पढ्दापढ्दै बुबाआमाले विबाह गरिदिनु भयो।छोराछोरीको लालनपालन श्रीमान्,सासू ससुरा,घरब्यवहार दिदीलाइ पढ्ने फुर्सद नै भएन।परिवारको जिम्मेवारी सगै आर्थिक अभावले थिचेपछी बैदेशिक रोजगारीका लागि जापान जानुभयो।केही वर्ष पछि फर्केर समाजसेवामा सक्रिय भएर लाग्नुभयो।

विदेशमा सिकेको सिपलाइ सदुपयोग गर्दै जापानिज भाषा सिकाउने कक्षा खोल्ने तयारी गर्नुभएको थियो तर क्षमता भएपनि शैक्षिक योग्यता वाधक वनिदियो। एसएलसी नगरेकोले भाषा कक्षा संचालन गर्न स्वीकृती मिलेन।वैदेशिक रोजगारीमा गएर समस्यामा परेकालाई उद्दार गर्ने संस्था खोल्ने विचार गरेको शेैक्षिक योग्यता नभएर अर्काको नाममा दर्ता गराउनु पर्यो।

मैले दिदीलाई सुझाव दिए,” अहिले त प्राइभेट एसएलसी दिन मिल्छ दिदी तपाई तयारी गर्नुस।”

” म पास गर्न सकुला र बहिनी?” ,दिदीले संका ब्यक्त गर्दै भन्नुभयो,”धेरै भयो नपढेको।पढ्ने बानि हरायो।”

मैले दिदीलाई हौसला दिदै भने,”सक्नुहुन्छ दिदी।केही मेहनत गर्नुस।तपाईंमा क्षमता छ।शैक्षिक योग्यतालाई वाधक बन्न दिनु हुदैन।म सहयोग गर्छु दिदी।”
दिदीले खुशी हुदै भन्नुभयो ,”हुन्छ म तयारी गर्छु।एसएलसीको फारम खुलेपछि मलाइ जानकारी गराउनु है त।”
*** *** *** *** ***

केही समयपछि एसएलसीको फारम खुलेको जानकारी दिदै म दिदीलाई भेट्न गए,” ल दिदी फर्म खुलेको छ जाउ भर्न।”
दिदीले भन्नुभयो ,” भयो बहिनी अब मैले बुढेसकालमा पढेर के गर्नु?फेरि मैले शैक्षिक योग्यता भए पनि हुने नभए पनि हुने काम गर्न लागेको छु नि !”

मैले अचम्म मान्दै सोधे,”के काम हो दिदी तेस्तो शैक्षिक योग्यता नभएपनि गर्न सकिने?”
दिदीले उत्साहित हुदै भन्नुभयो ,”पार्टीले टिकट दियो बहिनी मलाइ।यो चुनाबमा म जनप्रतिनिधि भएर उठ्दै छु नि”

सुशीला सुवेदी पाठक

सुन्दरहरैचा १० विराटचोक,मोरङ

प्रतिक्रिया