परदेशीको पिडा गीत बजारमा

इनेप्लिज २०७८ असोज २२ गते ०:५० मा प्रकाशित

 

न्यूयोर्क । नेपालीहरुको ठूलो चाड दशैँलाई लक्षित गरेर मौलिक गीतहरु बजारमा आइरहेका बेला गायक तथा सर्जक बिष्णुहरि भण्डारीको दशैँकोसेली ‘परदेशी गीतको भिडियो सार्वजनिक भएको छ ।

घटस्थापनाको दिन पारेर सार्वजानिक गरिएको उक्त भिडियोलाई बि एण्ड टी इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो। गायक तथा सर्जक बिष्णुहरि भण्डारीको शब्द तथा लय रहेको मौलिक दशैँ गीत ‘परदेशी’ बोलको गीतमा स्वयमं भण्डारीको स्वररहेको छ ।

उक्त गीतको भिडियोमा सुरेन थापा, प्रमिला ढकालको मुख्य अभिनय रहेको छ भने सुदर्शन गुनि, पोष्टकुमारी थापा, कमला मायापण्डित, राजन कार्की, नारायण केसी, कमल अधिकारी लगायत कलाकारको बेजोड अभिनय प्रदर्शन गरिएको छ ।

हाल अमेरिकाको न्युयोर्क शहरमा रहेका नेपालीहरुले यो गीत प्रस्तुत गरेका हुन् । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर निर्माणगरिएको मौलिक दशैँ गीतमा बालापनमा बिताएका साथी संगी, परिवार र बुढी आमासँग रमाईलो गरेका हरेक क्रियाकलापलाई भावमासमेट्न खोजिएको छ ।

विशेष गरी यो गीतले परदेशमा जीवन विताएका नेपालीहरु छिट्टै घर फर्किने र आफ्नै कथा ब्यथालाई आफ्नै गाउँ घरमा साथीसंगी मिलेररमाइलो गरेको यथार्थलाई गीतकार बिष्णुहरि भण्डारीले शब्दमा उतारेका हुन् ।

नेपालीहरुको कला, सस्कृति र मौलिकतालाई प्रस्तुत गर्नको लागि आफूले सो गीतलाई फरक तरिकाबाट प्रस्तुत गरिएको र यस गीतलेआपसी सद्भाव बढाउने उनको भनाई छ ।

ओम कर्माचार्यको निर्देशन रहेको भिडियोलाई ओम कर्माचार्यले नै छायाकंन र भिडियो सम्पादन गरेका छन् । ॐ मेगा रेकर्डिङ्गस्टुडियोले संगित संयोजन गरेको छ ।

प्रतिक्रिया