गायक जनक विवस न्यौपानको आवाजमा रहेकोे “छरेर ढुंगामा मायाको बिउ ”गीतको म्युजिक भिडियो सानवी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ।
गोविन्द वर्देवाको शब्द तथा जनक विवश न्यौपानेको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ।
गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ।देव राज आचार्यको छायाँकन तथा निर्देशन,पदम सुवेदीको सम्पादन भिडियोमा रहेको छ ।
विजय पुन मगर ,जानुका नेपाल,आर्यन कार्की अभिनय साथै बाल कलाकार आदित्य आर एल डिसी र निशान नेपाल समेत अभिनय समावेश छ।निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक,स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन।
“छरेर ढुंगामा मायाको बिउ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस
प्रतिक्रिया