दर्शकले रुचाए देबिका र शिबको नयाँ गलबन्दी

इनेप्लिज २०७८ असोज ७ गते ९:५७ मा प्रकाशित

काठमाडौँ, ६ असोज-केही वर्ष देखि क्यानडामा बस्दै आएकी गायिका देबिका केसीले आफ्नो स्वरमा नयाँ गीत ‘नयाँ गलबन्दी’ दर्शकमाझ ल्याएकी छिन् । गीतलाई शिब हमालले लेखेका हुन् । यो गीतको भिडियोलाई शिब हमालकै अफिसियली युट्युव च्यानलबाट रिलिज गरिएको छ।

यो गीतमा गायिका केसीलाई नेपाल लोक स्टारका विजेता शनी विश्वकर्माले स्वरमा साथ दिएका छन् । शनी र देविकाको स्वरलाई दर्शकले रुचाएका छन् । यतीबेला यो गीतको भिडियो युट्युवको नेपाल ट्रेन्डिङमा समेत परेको छ।

‘दर्शक श्रोताले गीत र भिडियोलाई मन पराईदिनु भएको छ।अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको छु।’ गायिका देविकाले भनिन्।यसका गीतका तथा संगीतकार शिब हमाल पनि दर्शकबाट आफुहरुले राम्रो प्रतिक्रिया पाएको बताउँछन्।

यो गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा राउतको अभिनय रहेको छ । यि दुबैलाई कलाकार सुनिल क्षत्रीले नचाएका छन् । यो गीतको भिडियो निर्देशन सुनिल क्षत्रीले गरेका हुन् । यो गीतको भिडियोमा दुर्गा पौडेलको छायाँकन र अमृत चापागाईंले सम्पादन रहेको छ ।

प्रतिक्रिया