चलचित्र “ यो मेरो दिल“ को ”दिलमा तिमी ” सार्वजनिक

इनेप्लिज २०७८ असोज ४ गते १०:४३ मा प्रकाशित

काठमाण्डौं।नेपाली कथानक चलचित्र “ यो मेरो दिल“ को ”दिलमा तिमी ”को पहिलो गीत सार्वजनिक भएको छ।

शंकर अधिकारी घायलको लेखन÷ निर्देशन र प्रस्तुति रहेको चलचित्रको गीत सार्वजनिक भएको हो । माया र प्रेमलाई गीतमा समेटिएको छ । प्रहलाद तिम्सिना र नित्या शिवाको गीतमा स्वर रहेको छ।

राहुल जेटली र प्रीतिका शर्मा मा फिचरिङ गरिएको गीत लाई नुवाकोटको रमणिय दृश्य हरुमा छायांकन गरिएको छ । बिबन तामाङ र दस बहादुर तामाङ को निर्माण सुर्य बा तामाङ को सहनिर्माण मा दिवस गुरुङ को छायांकन ,राजन महर्जन को नृत्य बिश्वास भण्डारी को सम्पादन र सन्तोष पराजुली को प्रकाश व्यावस्थापन रहेको छ।

”दिलमा तिमी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया