समाजसेवी गायकको नामले परिचित गायक तथा कलाकार पुर्ण लिम्बुको नयाँ गीत ‘सगै सँगै’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।प्रदेशको जीवन त्यागेर अब आफ्नै देशमा रहेर गाउँघरमा भएको आफ्नो बाँझो जमीनलाई हराभरा बनाउन आफ्नै श्रीमती संगै संगै बस्ने निर्णय भएको भाव सार्वजनिक गीतमा देख्न सकिन्छ।
प्रेम कृष्ण बजगाइको शब्द संगीत रहेको गीतमा पूर्णलाई अहिलेकी चर्चित गायिका रचना रिमालले साथ दिएकी छन्।गीतको छायाँकन र निर्देशन सुमन तामाङले गरेका छन्।म्युजिक भिडियोमा पूर्ण र मनिषा सुनुवार फिचर्ड छन्।क्यौ बर्ष बिदेशमा बसेर प्रदेशी जीवन कटाएपनि आफ्नै गाउँघर फर्केर केही गरौ भन्ने बिषयबस्तुलाई भिडियोमा गज्जबले प्रस्तुत गरिएको छ।गाउँघरको रहनसहन, खेतिकिसान सबैकुरालाई अर्गानिक रुपमा टपक्क दिपेर निर्देशक तामाङले भिडियो गज्ज्बको बनाएका छन्।
धरान १२ स्थित होटल स्टारपुर्वीमा सम्पन्न भिडियो बिमोचन कार्यक्रमका प्रमुख अतिथी चर्चित निर्देशक मिलन चाम्स थिए।उनले उक्त कार्यक्रममा बोल्दै भिडियो राम्रो बनेको र सफलताको सुभकामना दिए।कार्यक्रममा चर्चित कलाकार,प्रेम सुब्बा,निर्देशक निर्माता तथा चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण कुमार प्रधान,कलाकार निर्माता किशोर सम्बाहाम्फे,कलाकार दिनेश कोइराला लगयातहरुको उपस्थिती रहेको थियो।
प्रतिक्रिया