काठमान्डाँ।द भ्वाइसका प्रतिष्पर्धी गायक विकाश लिम्बुको स्वरमा रहेको “झस्कायो माइली” बोलको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा सार्वजनिक भएको छ।प्रेमी प्रेमिकाको मायाको अनुपम सौगातलाई गीतमा समेटिएको छ।
ममता राई यात्री को शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ।ज्ञानेन्द शर्मा हुमागाईँको छायाँकन,विकाश ज्ञवालीको सम्पादन,एलिस राईको निर्देशन भिडियोमा रहेको छ।“झस्कायो माइली” गीतको भिडियोमा एलिस राई ,अनुसा राई,प्रकाश नेपाल र देवेन्द्र नेपाल लगायतको अभिनय रहेको छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
प्रतिक्रिया