बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ।बलबहादुरकै सङ्गीत,उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ।बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ।गीत जति उत्कृष्ट छ गीतको भिडियो पनि त्यतिकै उत्कृट बनेको छ।
बलबहादुर द भोइस अफ नेपाल सिजन दुईको उत्कृष्ट नौमा पर्न सफल हुनुभएको थियो भने अस्मिता नेपाल आइडल सिजन दुईको फाइनलिस्ट हुनुहुन्छ।
बलबहादुरको यसअघि सार्वजनिक गीत ‘जेल पनि सहुँला…’लाई स्रोता/दर्शकले अत्यधिक मन पराएका थिए।‘मेरा अन्य गीत जस्तै यो सार्वजनिक गीतलाई पनि स्रोता/दर्शकले माया गरिदिनेमा आशावादी रहेको छु’, बलबहादुरले भन्नुभयो।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस :
प्रतिक्रिया