काठमाडौँ -बरिष्ठ सौन्दर्यबिद तथा समाजसेवी सोनी कारंजितको अध्यक्षतामा ३५ सदश्य लाइन्स क्लब अफ काठमाडौँ अभियान गठन भएको छ।लाइन्स क्लब अफ काठमाडौँ आधारको स्पोन्सरसिपमा गठित लाइन्स क्लब अफ काठमाडौँ अभियान कार्यक्रमको प्रमुख अतिथि सेकेण्ड भीडिजी लायन मनिश्री रत्न बज्राचार्य लागायतले बिसेष अतिथिहरुले उद्घाटन गरेका थिए।कार्यक्रमको सभापतित्व लाइन्स क्लब अफ काठमाडौँ आधारकि अध्यक्ष गेल्मु शेर्पा बुढाथोकी गरेकी थिइन्।त्यसैगरी बिसेष अतिथिहरुमा पीडिजी एन सी एफ फाउण्डर चिफ गौतम मान श्रेष्ठ,डिस्ट्रिक को-चिफ सल्लाहकार सुमन भट्ट,डिपार्टमेन्ट चिफ निर्मल कुमार श्रेष्ठ,कलस्टर चिफ तारा भुसाल,कलस्टर चिफ मन कृष्ण श्रेष्ठ,रिजन चेयरपर्सन रेश्मा श्रेष्ठ,जोन चियरपर्सन धानु सिंजाली,लायन प्रमिला लामिछाने र लायन बिष्णु पाण्डे रहेका थिए।उक्त अभिमुखीकरण कार्यक्रम सेकेण्ड भीडिजी लायन मनिश्री रत्न बज्राचार्यले लाइन्सको काम कर्तब्य तथा महत्वको बारेमा प्रष्ट्याएका थिए।
सुन्दरी कारंजित (सोनी) को अध्यक्षतामा गठित लाइन्स क्लब अफ काठमाडौँ अभियानमा प्रथम उपाध्यक्ष मोडल शिलाश्मा हमाल,उपाध्यक्ष बिष्णु माया पौडेल, सचिब प्रमिला कटुवाल,कोषाध्यक्ष गीता राइ सदस्यहरु सुर्य चन्द,राजु गुरुङ,सुन्दर थापा,अमुल श्रेष्ठ,डब्बु क्षेत्रि, सरिता भारती, परिशी कारंजित,नविना अधिकारि, सिर्जना कुँवर,मिना पौडेल,शिवानी भण्डारी,लक्ष्मन महर्जन,जिना बैध,उदय श्रेष्ठ, भावान बिष्ट,अञ्जना श्रेष्ठ,विभा भट्टराई,रमेश श्रेष्ठ,गीता शेर्पा,दिव्या सैंजु,उम् बहादुर पाइजा पुन,ज्योति घिमिरे,नविना श्रेष्ठ,देबी महर्जन,रमा कुमारी तिमल्सिना,मंजु श्रेष्ठ,गीता आले मगर,जेनी श्रेष्ठ,नविना श्रेष्ठ, जेस्मी श्रेष्ठ लागायतका अन्य व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।
सो अवसरमा अध्यक्ष सोनी कारंजितले लायन्सको गतिविधि बाट सामाजिक सेवामा महत्त्वपूर्ण योगदान पुर्याउन आफु लागि पर्ने बताईन। कार्यक्रमलाइ लाइन्स क्लब अफ काठमाडौँ आधारकि प्रथम उपाध्यक्ष तथा चर्चित फेशन डिजाइनर ईन्ता श्रेष्ठले संचालन गरेकी थिइन्।
प्रतिक्रिया