काठमाडौ २३ साउन।नयाँ गीत ‘हेर्दा हेर्दै…’को म्युजिक भिडियो रिलिज भएको छ।गीतमा सुदन डोटेलको शब्द,सरोज प्याकुरेलको संगीत,मनोहर सुनामको संगीतसंयोजन रहेको छ।
यो गीतलाई कृष्ण काफ्ले र रिता केसीले गाएका हुन्।भिडियोमा भुवन लोहनी र रञ्जिता ढकालले अभिनय गरेका छन्।रञ्जिताको यो डेब्यु भिडियो हो।
अमेरिका जस्तो ठाउँमा ब्यस्त जीवन बिताइरहेका युवा निर्देशक सुमन दाहालले फुर्सदको समयमा यो गीतको भिडियो निर्देशन गरेका हुन्।भिडियोमा बिकाश गुरुङको कोरियोग्राफी,भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।
‘हेर्दा हेर्दै…’ गीतको म्युजिक भिडियो पवन गौतमले खिचेका हुन्।भिडियो मोडल भुवन लोहनीको जन्मदिनको अवसर पारेर सम्राट क्रियशन युट्युव च्यान मार्फत सार्वजनिक गरिएको छ।।
प्रतिक्रिया