गोपाल तिमल्सिनाद्धारा गाईजात्रे झटारो ‘खै के खैके ’ सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०७८ साउन २२ गते ९:५७ मा प्रकाशित

२१ साउन,काठमाडौं।आगामी भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै हास्य कलाकार तथा गायक गोपाल तिमल्सिना ले यो वर्ष आफ्नो गाइजात्रे कमेडी कोसेली ‘खै के खैके ’ल्याएका छन्।

गाइजात्रे प्रस्तुतिको विकाश कार्की ,राज कुमार श्रेष्ठ ,राम तिमल्सिनाको अभिनय रहेको छ।

प्यारोडी गीतमा लय शब्द तथा स्वर गायक तथा कलाकार गोपाल तिेतिमल्सिनादिएका छन्।

देशको समसामयिक राजनीतिक,राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गर्दै उनले ‘ ‘खै के खैके ’ ल्याएका हुन्।गाइजात्रामा मुख्य रुपमा समाजको विकृति र विसंगतीलाई मुख्य रुपमा केन्द्रिकृत गरिएको छ भने तीन वर्ष बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन्।

प्रहसन तथा प्यारोडीको भिडियो पनि बनेको छ।हास्य कलाकारका लागि गाइजात्रा एउटा महान उत्सव भएकोले लामो समयदेखि यो बर्षमा गाइजात्रे कोसेली ल्याउने गरेको गोपालले बताए ।गोपालले ‘खै के खैके ’ गीतलाई यसमा प्यारोडी मार्फत नेताहरुको रमाईलो प्रस्तुति समेटेका छन्।

हेर्नुहोस भिडियो ।

प्रतिक्रिया